हुन्डाई फेस्टिभ डिलाइट योजना



काठमाडौं, (नेस) हुन्डाई अटो मोबाइल्सको नेपालका लागि आधिकारिक बिक्रता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट योजना ल्याएको छ ।

भदौ २१ गतेदेखि कार्तिक २७ गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले नगद छुट तथा एक वर्षसम्मको निःशुल्क बीमा पाइनेछ । साथै स्क्रयाच कार्डमार्फत एक लाखसम्मको नगद छुट र लक्की ड्रमार्फत सय जनालाई १०÷१० ग्राम तथा बक्पर उपहार अन्तर्गत लक्की ड्रमार्फत हुन्डाई आई ट्वान्टी एक साथ र हुन्डाई क्रियटा एक थान जित्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार तीन वर्ष वारेन्टी, चार वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी हुनेछ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको देशभर १३ वटा शोरुम तथा १५ वटा सर्भिस सेन्टर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्