मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडाैं ।  मेगा बैंक नेपाल र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सीईओ सुनील बल्लभ पन्तले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

अब ग्राहकहरुले मेगा बैंकका सबै शाखाबाट एनएलजी इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

यो सम्झौताले घर, गाडी, व्यवसाय, दुर्घटना बीमालगायतका निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकलाई सुविधा हुने मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्