निर्मलाको हत्यामा जो सुकै संलग्न भए पनि उम्कन पाउंदैन : आईजीपी खनाल



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कुनैपनि हालतमा नछोडिने वताएका छन् ।

बिहीबार कञ्चनपुर पुगेका आईजीपी खनालले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारसँग साँझ भएको भेटघाटमा हत्यारा खोज्न समय लागे पनि पत्ता लगाएर छोड्ने प्रतिवद्धता जनाएका छन्।

बिहीबार साँझ महेन्द्रनगर पुगेका आईजीपी खनाल प्रहरी कार्यालयको निरीक्षण पश्चात सोझै घट्नास्थल पुगे। निर्मला पन्तको हत्या र अहिलेसम्म भइरहेको अनुसन्धानका बारेमा जानकारी लिएपछि निर्मलाका परिवारसँग भेट गरेका उनले घट्नामा प्रहरीको नै संलग्नता भए पनि उम्कन नपाउने उल्लेख गरे ।

राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबारदेखि सुरु गर्न लागेको ‘महिला हिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका विषयक राष्ट्रिय अभियान’ मा सहभागी हुन आईजीपीको टोली महेन्द्रनगर पुगेको हो।

प्रतिक्रिया दिनुहोस्