ओसाकाको पहिलो ग्रान्डस्लाम सेमिफाइनल



न्युयोर्क, (एजेन्सी)
युएस ओपनअन्तर्गत क्वार्टरफाइनल खेल जितेर जापानकी नाओमी ओसाकाले पहिलो पटक ग्रान्डस्लाम सेमिफाइनल स्थान सुरक्षित गरेकी छन् ।

ओसाकाले युक्रेनकी लेसिया टीसुरेन्कोमाथि जित हात पार्दै अन्तिम चारमा पुगेकी हुन् । २० वर्षीया खेलाडीले अन्तिम चारमा १४औं वरियताकी मेडीसन कीजसँग खेल्नेछिन् । कीज गत संस्करणकी फाइनलिस्ट कीजले कार्ला स्वारेज नभारोलाई ६–४, ६–३ ले पन्छाएकी थिइन् ।

ओसाकाले भने आफनी प्रतिद्वन्द्वी लेसियालाई मात्र ५८ मिनेटमा ६–१, ६–१ ले पराजित गरेकी थिइन् । यो जितसँगै २०औं वरियताका ओसाका ग्रान्डस्लाम सेमिफाइनलमा पुग्ने किमिके डाटेपछिको पहिलो जापानी खेलाडी बनेकी छन् । डाटे १९९६ विम्बल्डनको सेमिफाइनलमा पुगेकी थिइन् । अर्को सेमिफाइनल खेलमा ६ पटककी च्याम्पियन सेरेना विलियम्सले लात्भियाकी एनास्टासिया सेभास्टोभासँग खेल्नेछिन् ।

उता पुरुष सिंगल्सतर्फ नोभाक जोकोभिचले युएस ओपनको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । सर्बियाली खेलाडीले रोजर फेडेररमाथि सानदार जित निकालेका जोन मिलम्यानको चुनौती समाप्त गरेका हुन् । ३१ वर्षीय नोभाकले अस्टे«लियन विश्व नम्बर ५५ लाई ६–३, ६–४, ६–४ ले हराए । यो सँगैं न्युयोर्कमा दुई पटक च्याम्पियन भइसकेका नोभाकले त्यहाँ सबै ११ क्वार्टरफाइनल (२००७ देखि) खेल जितेका छन् ।

गत वर्ष कुहिना चोटका कारण प्रतियोगिता नखेलका नोभाकले शुक्रबार अन्तिम चारको खेलमा जापानका केई नीशीकोरीविरुद्ध खेल्नेछन् । उनले पहिलो म्याच प्वाइन्ट २ घण्टा ४९ मिनेटमा पाएका थिए । ११ सेमिफाइनलमध्ये ७ पटक उनले फाइनल खेलेका थिए । यदि नीशीकोरीलाई हराएमा पुरुष सिंगल्सतर्फ पिट साम्प्रास र इभान लेन्डलको रेकर्डसँगै उनी संलग्न हुनेछन् ।

यदि न्युयोर्कमा करियरकै १४औं ग्रान्डस्लाम जितेमा नोभाकले साम्प्रास बराबरी गर्नेछन् । सर्वाधिक ग्रान्डस्लाम जित्नेमा उनी भन्दा माथि रोजर फेडेरर (२०) र नाडाल (१७) रहेका छन् । उनले जितपछि बताए—मैले व्यक्तिगत रुपमा यहाँ कहिल्यै पसीनामा भएनौ । मैले हरेक खेलका लागि कम्तीमा १० लुगा ल्याएको छु । दुई गेमपछि नै तपाई पसीना पसीना हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्