खुला भिसा सुविधा सुचीमा कतार आठौं स्थानमा



दोहा (एजेन्सी)
भिसा प्रदान गर्ने मामिलामा कतार मध्यपुर्वको सबैभन्दा खुला र विश्वको आठौं खुला देशमा परेको छ । विश्व पर्यटन संगठनले हालै अद्यावधिक गरिएको खुला भिसा सुचीमा कतारले यस दिशामा सुधार गरेको उल्लेख गरेको छ ।
उक्त प्रतिवेदनमा ८८ राष्ट्रका लागि कतार प्रवेशमा निशुल्क फ्रि भिसा उपलब्ध गराएको लगायत कतारको हालैका भिसा सुविधामा सुधार गरेको उल्लेख गरिएको छ ।

कतारले भिसा प्रदान गर्ने मामिलामा गरेको सुधारमा पारदर्शी भिसा प्रक्रिया तथा इ–भिसासँगै ९६ घण्टाको ट्राँजिट भिसामा दुईगुणा बृद्धी जस्ता सुविधामा अनलाइन सेवाको प्रयोग जस्ता कदम एक्सन कतारले चालेको उल्लेख गरिएको छ ।

यसले कतारलाई खुला भिसा सुचीमा ८ औं स्थानमा पुर्याएको छ । यो सन् २०१४ को तुलनामा १ सय ७७ औं स्थान माथि उक्लेको हो । यसले भारतबाट हुने आगमनमा १८ प्रतिशत , चीनबाट हुने आगमनमा ४३ र रुसबाट विशाल ३ सय ६६ प्रतिशतले बृद्धी भएको छ ।

विश्व भरी भिसा सुविधामा प्रगति गर्ने होड चलिरहेकै बेला कतारको यात्रा सुविधामा उल्लखनिय सुधार देखिएको हो । हालै मात्र बेलारुसले पनि ७४ राष्टका लागि मिन्स्क स्थित विमानस्थलबाट ३० दिनको बसाइका लागि निशुल्क यात्रा भिसा प्रदान गर्ने भएको छ । सन् २०१८ मा युएनडब्ल्युटीओको विश्वब्यापी भिसा खुलापनाको सुचकांकमा पनि बृद्धी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्