नेपालगञ्ज म्याराथनको पुरस्कार बृद्धि गरिने



बाँके, (नेस)
शान्ति, सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगञ्ज म्याराथनमा २०१८ को तयारी सुरु गरिएको छ । नेपालगन्ज म्याराथनको यो चौथो संस्करणका लागि बिहीबारदेखि नै दर्ता आवेदन खुल्ला गरिएको छ । दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।

क्रियटिभ ह्याण्ड्सले बिभिन्न संघसंस्थाको साझेदारीमा नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएको छ । यसपटक पुरस्कार राशीमा बृद्धि गर्ने निर्णय गरिएको छ । पुरस्कार राशी भने खुलाइएको छैन । यसअघि ५५ हजार रुपियाँ थियो । नेपालगञ्ज म्याराथनमा खुल्ला पुरुषतर्फ ४२ किलोमिटर दौड, महिला खुल्लातर्फ २१ किलोमिटर हाफ म्याराथन रहेका छन् ।

पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत र तेस्रोमा जुम्लाका दुर्गाबहादुर बुढा उपाधि जितेका थिए । त्यसैगरी हाफ म्याराथनतर्फ पहिलोमा कृष्णेश्वरी सिन्तकला, दोस्रोमा कान्छीमाया कोजु र तेस्रोमा नेपाली सेनाकी रेशु बस्नेत पहिलो स्थानमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्