साफ फाइनल खेल्न भोकाएको नेपाल



-कविरस शर्मा
दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत फुटबलतर्फ ३ पटक स्वर्ण जितिसकेको नेपाल दक्षिण एसियाली फुटबल फेडेरेसन च्याम्पियनसिपमा भने अहिलेसम्म फाइनलसम्म पुग्न सकेको छैन । सार्कमा आबद्ध ८ राष्ट्रमध्ये ५ राष्ट्रले दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको उपाधि जितिसकेको छ ।

जसमध्ये भारत सर्वाधिक ७ पटक च्याम्पियन टोली हो भने श्रीलंका, बंगलादेश, माल्दिभ्स र अपÞm्गÞानिस्तानले समेत समान एक–एक पटक उपाधिमा आफ्नो नाम लेखाएका छन् । तर भूटान र समान दुई–दुई पटक आयोजक बनिसकेका नेपाल र पाकिस्तानले भने अहिलेसम्म साफ उपाधि जित्न सकेको छैन । यति मात्र होईन, प्रतियोगितामा ४ पटक सेमिफाइनल पुगेको नेपाल र तीन पटक सेमीफाइनल पुगेको पाकिस्तानले फाइनलसम्मको पनि यात्रा गर्न सकेको छैन ।

सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा अहिले बंगलादेशमा जारी साफको यो १२ औँ संस्करण हो । दुई पटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतीजा निकाल्न सकेको छैन । पछिल्लो पटक सन् २०१३ मा काठमाडौमै भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुग्यो र अफगानिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । यसअघि सन् १९९३, १९९९, १९९५ र २०११ मा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।


यसपटक पनि प्रतियोगिताको १२औं संस्करण गत मंगलबारदेखि बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा सुरु भइसकेको छ । नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’ मा छन् । भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा रहेका छन् ।

भदौ १९ देखि ३० गतेसम्म जारी रहने प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल भदौ १९ गते पाकिस्तानसँग खेलिसकेको छ । जसमा नेपाली टोलीले खेलको अन्तिम मिनेटमा गोल बेहोरेपछि पहिलो गांसमै ढुंगा टोक्नु प¥यो । यस्तै समूहको दोस्रो खेलमा भने भुटानलाई ४–० को फराकिलो गोलअन्तरले हराउंदै नेपालले सेमिफाइनल खेल्ने सम्भावनालाई जिवितै राखेको छ । नेपालले समूह चरणको अन्तिम खेल आयोजक बङ्गलादेशसँग भदौ २२ गते खेल्नेछ । यदि बंगलादेशबिरुद्धको खेलमा पनि जित हासिल गरेमा भने नेपालको सेमिफाइनल यात्रा लगभग निश्चित हुनेछ ।

साफ च्याम्पियनसिपको सबै संस्करणमा सहभागिता जनाएको नेपाले सेमिफाइनल भन्दा माथिको सफलता हात पार्न सकेका छैन । एघार संस्करण सकिँदासम्म नेपालले कुल तीन पटक सेमिफाइनल खेल्यो । सन् १९९९ को संस्करणमा भने नेपालले चौथो स्थान प्राप्त गरेको थियो । त्यसपछि सन् २०११ र २०१३ को सस्करणमा सेमिफाइलनसम्म पुग्न सफल भएको छ । यस बाहेकको संस्करणमा नेपालको उपलब्धि राम्रो रहन सकेन । अहिले नेपालको समूहमा रहेको आयोजक बंगलादेशलाई छोड्ने हो भने अहिलेसम्म उपाधि जित्न नसकेको पाकिस्तान र भुटान छन् ।


सन् १९९३ मा सार्क गोल्डकपको नामबाट सुरु भएका यो प्रतियोगिता पाकिस्तानको लाहोरमा आयोजना भएको थियो । आयोजक पाकिस्तानसँगै नेपाल, भारत र श्रीलंकाले सहभागिता जनाएको पहिलो संस्करणमा नेपाल तेस्रो भएको थियो । लिगका आधारमा सञ्चालित सो संस्करणमा नेपालले पाकिस्तान र श्रीलंकासँग बराबरी खेलेको थियो भने भारतसँग पराजित भएको थियो । प्रतियोगिताको उपाधि भारतले जितेको थियो ।

सन् १९९५ मा भएको दोस्रो संस्करणमा बंगलादेशले पनि सहभागिता जनायो । समूह चरणका दुई खेलमध्ये एकमा जित निकालेर सेमिफाइनल पुगेको नेपाल सेमिफाइनलमा भने श्रीलंकासँग अतिरिक्त समयमा ’गोल्डेन गोल’ को आधारमा पराजित भएको थियो ।

भारतका चर्चित खेलाडी भाईचुंग भुटियाले अन्तराष्ट्रीय प्रतियोगितामा डेब्यू गरेको उक्त संस्करणको फाइनलमा आयोजक श्रीलंकाले अतिरिक्त समयमा जित निकाल्दै उपाधि उचालेको थियो । सन् १९९७ मा नेपालले पहिलो पटक साफ च्याम्पियनसिप आयोजना गरेको थियो । अघिल्लो संस्करणमा सहभागिता फिर्ता लिएको माल्दिभ्सले पनि डेब्यु गरेको थियो । तर नेपालको प्रदर्शन खराब रह्यो । नेपालले समूह चरण पनि पार गर्न सकेन । प्रतियोगिताको उपाधि भने भारतले जित्यो ।


भारतमा आयोजना भएको सन् १९९९ को संस्करणमा भुटान र अफगानिस्तानले पनि सहभागिता जनाएका थिए । सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको नेपाल चौथो भएको थियो । बंगलादेशलाई हराउँदै भारतले तेस्रो पटक उपाधि जित्यो । त्यसपछि सन् २००३, २००५, २००८ र २००९ को संस्करणमा नेपालले समूह चरण पनि पार गर्न सकेन । सन् २०१३ को संस्करण नेपालमा नै आयोजना भएको थियो । सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै नेपालको यात्रा फेरी पनि टुंगिन पुग्यो ।

सन् २०१५ मा भारतमा आयोजना भएको ११औं संस्करणमा नेपालले समूह चरण पनि पार गर्न सकेन । प्रतियोगितामा भारत सर्वाधिक सफल टिम हो । ११ मध्ये भारतले सातवटा संस्करणको उपाधि जितेको छ भने तीनपटक उपविजेता बनेको छ । माल्दिभ्स, बंगलादेश, श्रीलंका र अफगानिस्तानले एक–एक पटक उपाधि जितेका छन् । पाकिस्तान, भुटान र नेपालले अहिलेसम्म फाइनलको यात्रा पनि तय गर्न सकेका छैनन् ।

दक्षिण एशियाली फुटबलमा नेपालले हराउन बाँकी कुनै टोली छैन । पछिल्लो दुईवर्ष यता नेपाली टोलीले राम्रै एक्स्पोजर पनि पाइरहेको छ । नेपाली टोलीले साफ च्याम्पियनसिपलाई लक्ष्य गरी तीन महिनादेखि बन्द प्रशिक्षणमा गरेको थियो । यसबीचमा नेपालीे युवा टोलीले एशियाली खेलकूदमा सहभागिता जनाए भने थाइल्याण्डको युवा टोलीसँग मैत्रीपूर्ण म्याच पनि खेल्यो ।


साफ च्याम्पियनसिप तयारीको क्रममा दुई साताअघि नेपालको यु–२३ टोलीले इण्डोनेसियामा एशियाली खेलकूदमा सहभागिता जनायो । समूह डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेलेको थियो । तर, तीनै खेलमा पराजय देख्नुप¥यो । त्यसअघि पनि नेपालले सन् २०१९ मा हुने एशिया कपको तेस्रो चरणको छनोट प्रतियोगिता खेलेको थियो ।

\जारी साफ च्याम्पियनसिप अन्तर्गत समूहको दोस्रो खेलमा भूटानलाई ४–० ले हराउनु अघिसम्म नेपालले ७ खेलमा जित हासिल गर्न सकेको थिएन । सन् २०१६ को नोभेम्बरदेखि नेपाली टोली लगातार ७ अन्तराष्ट्रिय खेलमा जितबिहीन बनेको थियो । मलेसियामा भएको एएफसी सोलिडारिटी कप जितेयता ७ मध्ये पाँचमा हार र दुई बराबरीको नतिजा निकालेको नेपालले तीन खेल घरेलु मैदानमै खेलेको थियो ।

साफ च्याम्पियनसिपको सात पटकको विजेता तथा साविक विजेता भारतले यसपटक यु–२३ टोलीलाई खेल्न पठाएको छ । मुख्य प्रशिक्षक स्टेफन कन्स्टेन्टाइन रहेको भारतीय यु–२३ टोलीले अष्ट्रेलियामा विशेष तयारी गरेको छ । त्यसैगरी, सन् २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियनसिप र सन् २०११ को भारतमा भएको साफ च्याम्पियनसिपमा अफगानिस्तानले नेपाललाई पराजित गरेको थियो । तर, यस पटक प्रतियोगितामा अफगानिस्तान समावेश छैन ।

सन् २०१३ को च्याम्पियन अफगानिस्तान सेन्ट्रल एशिया फुटबल फेडेरेसनको संस्थापक सदस्यको रुपमा उतैबाट फुटबल खेल्ने निर्णय गरी साफबाट बाहिरिसकेको छ । भारत र अफगानिस्तानको पछिल्लो कदमले अन्य दक्षिण एसियाली फुटबल राष्ट्रलाई उपाधि जित्न सहज समेत बनेको छ । तर यसले दक्षिण एसियाको फुटबल स्तर अझै खस्कनेमा भने शंका उत्पन्न भएको छ ।

तर अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिगं शेर्पा साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ) मा आबद्ध भएसंगै नेपालले दक्षिण पूर्वी एसियाली राष्ट्रहरुसंग पनि प्रतियोगिता खेल्ने बाटो खुलेको छ । लामो समयदेखि दक्षिण एसियामा मात्र केन्दि«त नेपाली फुटबलका लागि अब स्तर उकास्न स्वाफलाई पनि विकल्पको रुपमा लिन सक्नेछ ।


पछिल्लो फिफा वरियतामा दक्षिण एशियाली मुलुकमध्ये भारत सबैभन्दा अग्रस्थानमा छन् । भारत ९६ औँ स्थानमा रहँदा १५० औँ स्थानमा माल्दिभ्स, १६१ औँ स्थानमा नेपाल, १८३ औँ स्थानमा भुटान, १९४ औँ स्थानमा बंगलादेश, २०० औँ स्थानमा श्रीलंका र २०१ औँ स्थानमा पाकिस्तान छन् । दक्षिण एशियाको फिफा वरियता हेर्ने हो भने श्रीलंका र पाकिस्तान फिफा वरियतामा नेपालभन्दा तल छन् । वरियतामा पछाडि परे पनि समूहको पहिलो खेलमा पाकिस्तानले नेपाललाई २–१ ले पराजित गरिसकेको छ । दुई साताको अन्तरमा पाकिस्तानले नेपाललाई दुई पटक पराजित गरेको हो । त्यसैले वरीयताकै आधारमा टिमको प्रदर्शनलाई आंकलन गर्नु उपयुक्त नहुन सक्छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले १२औं साफ च्याम्पियनसिप जितेमा खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । कुनै पनि प्रतियोगिता खेल्न जानुअघि उपाधि जितेमा पुरस्कारको घोषणा गर्ने पुरानो चलन नेपाली खेलकुदको परम्परा नै बनेको छ । खेलस्तरको मापन नगर्ने, कुम्भकर्ण निन्द«ामा रहेको घरेलु फुटबलको हेक्का समेत नराख्ने अनि उपाधि जितेमा भारी धनराशी पुरस्कारको घोषणाले टिमको प्रदर्शन के कति परिणाममुखी भएको छ भनेर नेपाली खेलकूदमा जगजाहेर नै छ ।

१२औ साफ च्याम्पियनसिप ढाकाको बंगबन्धु रंगशालामा जारी छ । यो त्यही मैदान हो जहाँ नेपालले दुई वर्षअघि बंगबन्धु गोल्डकप फुटबलको उपाधि उचालेको थियो । त्यो पनि बालगोपालकै प्रशिक्षणमा । त्यो नेपाली फुटबलले सन् १९९३ पछि जितेको सबैभन्दा ठूलो उपाधि थियो । त्यसले लामो समयदेखिको पदकविहीनता स्थितिलाई तोेडेको थियो ।

बंगलादेशको मैदान नेपालका लागि फाप्छ भनेर प्रमाण खोज्न धेरै पर जानु पर्दैन । यो त्यही मैदान हो जहाँ नेपालले दुई वर्षअघि बंगबन्धु गोल्डकप फुटबलको उपाधि उचालेको थियो । त्यो पनि बालगोपालकै प्रशिक्षणमा । त्यस उपाधि नेपालले सन् १९९३ पछि जितेको सबैभन्दा ठूलो उपाधि थियो । त्यसले नेपालको लामो समयदेखिको पदकबिहीन खडेरी तोडेको थियो ।

सन् १९९३ मा बंगलादेशको ढाकामा भएको दक्षिण एशियाली खेलकुदमा नेपाल स्वर्ण बिहीन हुँदै घर फर्कनुपर्ने अवस्था सिर्जना भएको थियो । तर फुटबलको फाइनल स्पर्धा भने बाँकी नै थियो । नेपालले बंगलादेशको राष्ट्रिय रंगशालामा भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै स्वर्ण जित्न सफल पनि भयो । त्यतिबेला खेलाडीका रुपमा रहेका बालगोपाल अहिले मुख्य प्रशिक्षक छन् । यसपटक पनि नेपालले बंगलादेशको मैदान र मुख्य प्रशिक्षकमा बालगोपाललाई नै पाएको छ । तर यसपटक भने बंगलादेशी मैदान नेपाली फुटबललाई कति फाप्ने हो त्यो भविष्यले नै बताउनेछ ।

प्रतिक्रिया दिनुहोस्