तक्माधारी कि चक्माधारी ?



पदक उत्कृष्ट नतिजा प्राप्त गर्नेहरुलाई प्रदान गरिन्छ । समाज र देशका लागि विशेष योगदान पु¥याएकाहरु पनि पदकका लागि योग्य मानिन्छन् । समय, सन्दर्भ अनुसार विभूषित हुन्छन् विश्वव्यापी अभ्यास नै यही हो ।

तर नेपालमा पदक पाउने मापदण्ड अनौठो छ, जो शक्ति र सत्ता निकट भयो, शक्तिकेन्द्रको चुलो र चौकामा घुस्न सक्यो, जसले चाकडी, चुप्लुसी र चुक्ली लगाएर चक्मा मार्न सक्यो, ऊ पदकका लागि योग्य मानिन्छ । रातारात त्यसका पदकका लागि सिफारिस हुन्छ । छाती फुलाउँदै तक्मा पाउन दौडिनेहरुको कमी छैन ।

तक्माका लागि ऊ कति योग्य हो भन्ने अनुमान सामान्य निरक्षर व्यक्तिले पनि सहजै अनुमान लगाउन सक्छ । तर हाम्रा तक्माधारीहरु त्यस्तो कहाँ सोच्छन् र भन्या । आफू यूरोप र अमेरिकाको मात्रै होइन अर्कै ग्रह नागरिक भइसकेको चुरिफुरी देखाउन पछि पर्दैनन् । यस्तो जमात बर्षेनी थपिरहेको छ तर के गर्नु अटाउनु परेको छ, एउटै समाजमा ।

तक्माधारीहरु वर्षेनी थपिने भएकाले सरकारले उनीहरुका लागि छुट्टै नागरिकता, छुट्टै सडक, छुट्टै सेवाकेन्द्र सहित विषेश सेवा सुविधाको प्रबन्ध गरे कसो होला ? धरहराको चाहना तक्माधारीहरुको अवमूल्यन नहोस, अन्याय नहोस भन्ने हो । बरु, यसरी तक्माधारण गर्नेलाई तक्माधारी भन्दा अपमान हुने भए चक्माधारी भन्ने कि त ?

प्रतिक्रिया दिनुहोस्