मिष्टर काठमाडौ आजबाट शुरु



काठमाडौं, (नेस)
काठमाण्डौ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा तेश्रो जिल्लाब्यापी मिष्टर काठमाडौ शारीरिक सुगठन, महिला फिटनेस् तथा द्वितीय जुनियर मि.काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता आजबाट शुरु हुँदैछ । शुक्रबार र शनिबार हुने प्रतिस्पर्धामा ३ सय प्रतिस्पर्धीको सहभागिता हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनायो । पहिलो दिन २२ गते नक्साल ब्याङकेटमा प्रिजजिङ्ग चरण र दोश्रो दिने शनिबार राष्ट्रिय नाच घरमा २ बजेबाट फाईनल चरणको प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथी गरि कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको पहिलो दिन प्रिजजिङ्ग राउण्डबाट प्रत्येक वजन समूहका खेलाडीहरु बिच प्रतिस्पर्धा गराई ५ जना खेलाडीहरुलाई फाईनल चरणमा छनौट गरिने छ । जसमा पहिलो दोश्रो तथा तेश्रो हुने खेलाडीहरुलाई पदक प्रमाण पत्रका साथै नगद क्रमशः १०, ५ र ३ हजार प्रदान गरिने छ । यस्तै चौथो तथा पाँचौले ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यसै गरि महिला एथलेटिक्स फिजिक्स तथा २१ बर्ष मुनिका खेलाडीहरु बिच हुने जुनियर मि.काठमाण्डौको पनि प्रिजजिङ्ग राउण्डबाट ५ जना खेलाडीहरु दोश्रो दिन फाईनल चरणको लागि छनोट गरिने छ । फाईनलमा प्रत्येक तौल समूहबाट पहिलो दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई क्रमशः नगद ३०, १५ र ५ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने चौथो तथा पाँचौलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने छ ।

सिनियर तर्फका प्रत्येक वजन समूहका पहिलो हुने खेलाडीहरु बिच पुन प्रतिस्पर्धा गराई ओभर अलमा पहिलो हुने खेलाडीलाई ‘मिष्टर काठमाण्डौ’को उपाधीका साथै १ लाख नगद, ट्रफी र ब्यानेटले सम्मान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट करिब १४ लाख रहने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

प्रतिक्रिया दिनुहोस्