फेरी पक्राउ परे पुराना गुण्डा नाइके बाघे



काठमाडौं । प्रहरीले पुराना गुण्डा नाइके बाघे भन्ने शुक वहादुर लामालाई पक्राउ गरेको छ । बाघेले अटो ईन्टरप्राईजेजका संचालक टेण्डी शेर्पाकोमा विभिन्न सवारी साधनहरु ल्याई सर्विसिङ्ग गराई सो वापत दिनु पर्ने रकम नदिई उल्टै धम्क्याएपछि परिसरले उनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भु र प्रहरी परिसर काठमाडौको संयुक्त टोलीले पक्राउ गरेका बाघेलाई सार्वजनिक हित विरुद्दको कशुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौवाट  ७ दिनको  म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बाघे हालसम्म पटक पटक गरि विभिन्न मुद्दामा ८ पटक पक्राउ परेको पनि परिसरले जनायो ।

प्रतिक्रिया दिनुहोस्