जीतको खोजीमा रहेको नेपालले गर्याे पहिलो १ गोल



काठमाडौँ ।
जीतको खोजी गर्दै मैदानमा उत्रिएको नेपालले खेल शुरु भएको २१ औँ मिनेटमा गोलको शुरुवात गरेको छ । साफ च्याम्पियनसिप फुटबल २०१८ को आजको नेपाल र भुटानबीचको खेलमा नेपाल गोलको शुरुवात गरेको छ । गोलको शुरुवात खेलाडी आनन्त तामाङ गरेको हुन् ।

नेपाल सेमिफाइनलमा प्रवेश गर्न आजको यस खेल अनिवार्य जित्नै पर्ने भएको छ अन्यथा नेपाल समूह चरणबाट नै बाहिरिनेछ ।

उक्त खेल बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्