महिला हिंसा विरुद्ध उर्लियो बनेपा



मोतीराम तिमल्सिना, काभ्रे ।
दिनानु दिन महिला हिंसा सम्वन्धीका घटना भए पछि बनेपा नगरपालिकाले सबै वडाहरुका महिलाहरुको सहभागितामा बृह्त्त महिला हिंसा विरुद्धको सचेतना अभियान तथा तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।


‘बनेपा नगरपालिकालाई महिला मैत्री बनाउने उदेश्यले नगरपालिका भित्र कुनै पनि घटना नहोस् भन्ने उदेश्यले तीजकै अवसर पारी हिंसा विरुद्धको सचेतना कार्यक्रम आयोजना गरिएको हो’–नगर प्रमुख लक्ष्मीनरसिं बादेले भने–‘पवित्र चाड तीजलाई सदुपयोग गर्दे हिंसा विरुद्ध चेतना दिएका छौं, घरबाटै हुने हिंसा न्युनिकरण गर्न यस्तो अभियानले सहयोग पु¥याउने छ ।’ उपप्रमुख रेखा सापकोटा दाहालले निर्वाचन पछि प्राप्त महिलाहरुको अधिकार उपयोग गर्दै हरेक क्षेत्रको सहभागिता सँगै महिला हिंसा न्युनिकरणको अभियानलाई तिब्रता दिएको बताईन् । ‘तीजलाई भड्किलो, खर्चिलो नबनाउने खवरदारी सँगै कतै पनि कसैबाट महिला माथी हिंसा नहोस् र हिंसा गर्नेलाई कानुन अनुसार कारवाही होस् भन्ने नगरपालिकाको उदेश्य हो’–नगर उपप्रमुख रेखा सापकोटा दाहालले भनिन–‘महिला मैत्री नगर बनाउन नगर भित्र यस्ता कार्यक्रमहरु पटक पटक आयोजना गरिएको छ ।’ यस अघि जिल्ला प्रहरी कार्यालयको सहयोगमा नासिका साँगा बनेपा १३ र १४ मा बृह्त्त ¥याली सहितको सभा गरिएको थियो ।


प्रदेश सभा सांसद गोमा भुर्तेलले देशभर नै भएका महिला हिंसाका घटनाहरुले पुरुषहरु प्रति हेर्ने दृष्टिकोण फरक बन्दै गएको बताईन् । पुरुष र महिला एक रथका दुई पाग्रा भएकाले एक हातले तालि बजाउन कठिन हुँदा हिंसामा पुरुष मात्रै नभई महिलाको पनि संलग्नता हुने सांसद भुर्तेलले बताईन् । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले महिलाहरुको जोखिम घरबाट शुरु भएकाले घर घरबाटै शिक्षा प्रदान गरि हिंसा न्युनिकरण गर्नु पर्ने बताए । जिल्ला समन्वय उपप्रमुख मञ्जु गौतम, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाह, मानवअधिकारर्मी भोजराज तिमल्सिना, सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य शान्ता न्यौपाने लगायतले महिला हिंसा न्युनिकरणमा बनेपा नगरपालिकाले खेलेको भूमिका सहनिय भएको बताए ।


१४ वडा रहेको बनेपा नगरपालिकाले हिंसा न्युनिकरणको सचेतनाका लागि सबै वडाको सहभागिता गराएको थियो । झण्डै एक हजार महिलाहरुलाई नगरपािलकाको तर्फबाट दर खुवार्ईएको उपप्रमुख रेखा सापकोटा दाहालले बताईन् । यस अघि नमोबुद्ध नगरपालिकाले पनि महिला हिंसा न्यूनिकरणका लागि सचेतना कार्यक्रम आयोजना गरेको थियो । जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको बैठकले जिल्लाका सबै स्थानीय तहमा महिला हिंसा न्युनिकरणका लागि कार्यक्रम आयोजना गर्ने निर्णय गरेको प्रमुख उद्धव केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्