गुल्मीमा बाघको आक्रमणबाट घाइते महिलालाई काठमाडौं पठाइयो



अनिल खत्री, गुल्मी ।
गुल्मीमा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३१ वर्षिय ताराकुमारी पोखरेललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिहिवार बिहान खोरबाट बाख्रा निकाल्ने क्रममा उनलाई घाइते बनाएको प्रहरीले जनाएको छ । राति बाख्रालाई आक्रमण गर्न खोर भित्र छिरेको बाघ बिहान बाख्रा निकाल्ने क्रममासँगै बाहिर आउदा पोखरेललाई आक्रमण गरेको प्रहरीको भनाई छ ।

बाघको आक्रमणबाट पोखरेलका एउटा बाख्रो मरेको थियो । घाइते पोखरेलको टाउको,नाक र घाटिमा गम्भीर चोट लागेको छ ।
उनको जिल्ला अस्पताल गुल्मीमा उपचार पछी थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए । बाघको आक्रमण पछी त्यसको चोट बिषालु हुने भएकाले थप उपचारको लागि काठमाडौंमा पठाइएको बस्नेतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्