नयाँ आयाम: मल्टि–डिसिप्लिनरी ईन्टिच्यूट (नामी)



परिवर्तनका संवाहक नामीले नेपाली युवा नागरिकहरु शिक्षा दिएर आर्थिक , सामाजिक र प्राज्ञिक रुपमा प्रतिस्पर्धि बनाउने कुरामा पुर्ण विश्वास लिने गर्दछ । नामीको एक मात्र लक्ष भनेकै भोलिको नेपालको प्रगतिशिल विकासका लागि बृहत व्यक्तित्व सहितको भावनात्मक रुपमा बुद्धिमान युवा तयार गर्नु हो ।

आधुनिक सिकाईका तरिकाहरु संग समन्वय गर्न सक्ने गरी शिक्षित बनाइएका जनशक्ति तयार गर्नु प्राज्ञिकरुपमा नामीले लक्ष लिएको छ । साथसाथै नामीबाट दिक्षित भएकाहरुलाई प्रविधिक आधुनिकिकरणसंगै हाम्रो वर्षौं पुरानो परम्परा र संस्कृतिलाई पनि विश्वास गर्ने बनाइएका छन् ।

शिक्षालय पत्रिकाद्वारा वेस्ट राइजिंग कलेज अफ नेपाल २०१७ अवार्डबाट सम्मानित कलेज नेपालको सामाजिक र आर्थिक वृद्धिका लागि योगदान दिने परिकल्पना बोकेको शैक्षिक संस्था हो । नामीले नेपालमा विश्व स्तरको शिक्षा प्रदान गर्ने परिकल्पना बोकेको छ ।

नामीले वेलायतको युनिभर्सिटी अफ नर्थाम्पटनसंग एमविए, विविए (अनर्स), विएस्सी(अनर्स) कम्प्यूटीङ्ग, विएस्सी(अनर्स) कम्प्यूटीङ्ग सफ्टवेयर ईन्जिनियरिङ्ग, वि.एस्सी.(अनर्स) कम्प्यूटीङ्ग नेटवकिङ्ग, वि.एस्सी.(अनर्स) वातावरण विज्ञान विषयमा अध्यापन गर्न सहकार्य गरेको छ । कलेजले क्याम्व्रिज विश्वविद्यालय अन्र्तगत ए लेवलका कक्षाहरु संचालन गर्दै आइरहेको छ ।

युनिभर्सिटी अफ नर्थाम्पटन ( युके )

संयुक्त अधिराज्यको नर्थाम्पटन स्थित प्रतिष्ठित उच्च शैक्षिक संस्था युनिभर्सिटी अफ नर्थाम्पटनलेअन्डर ग्राज्युयट्स र पोस्ट–ग्रायज्युयट्स कार्यक्रमहरु संचालन गर्दछ । यो युनिभर्सिटी युकेका उत्कृष्ट युनिभर्सिटीहरु मध्येमा पर्दछ । यो सामाजिक आधुनिकीकरण नीती अवलम्वन र प्रोत्साहित गर्ने पहिलो युनिभर्सिटी पनि हो ।

यस क्षेत्रमा गरेको अतुलनिय प्रयास र योगदानका लागि युके र युरोपमा ‘ अशोका यु चेनजमेकर क्याम्पस ’ अवार्ड जित्ने यो पहिलो युनिभर्सिटी हो । यसले जितेका अन्य अवार्डमा वेलायत सरकारद्वारा प्रदान गरिएको टिचिंग एक्सेलन्स फैमवर्क ( टिइएफ ) गोल्ड पनि पर्दछ । साथै यसलाई सन् २०१५ , २०१६ , २०१७ को दि बिजिनेस स्कुल अफ दि इयर अर्वार्ड एन्ड ९५ पर्सेन्ट इम्प्लोयविलिटि फर थ्रि इयर्जका लागि सुचिकृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्