‘मिसन बैकिङ, डिसिजन मेनेजमेन्ट’



पछिल्लो समय मुलुकको समग्र आर्थिक स्थीतिमा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिती बलियो हु“दै गएस“गै यस क्षेत्रमा सेवा प्रवेश गर्न चाहानेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । सामाजिक प्रतिष्ठास“गै आर्थिक रुपले पनि अन्य पेशाको तुलनामा निकै लोभलाग्दो देखिएको बैंकिङ पेशामा जान चाहनेहरुका लागि पहिलो खुट्किला भएको छ– व्यवस्थापन तथा वाणिज्य संकायमा अध्ययन ।

दुई दशक अघिसम्म हाम्रै समाजमा रहेको ‘छोरी बिग्रे नर्स र छोरा बिग्रे कमर्स’ भन्ने बुझाई अहिले पूर्णतः झुटो साबित भईसकेको छ । कुनै समय व्यवस्थापन पढेकाहरु बेरोजगार बस्नुपर्ने अवस्था हु“दाको कहावतलाई अहिले ‘मिसन बैकिङ, डिसिजन मेनेजमेन्ट’ले प्रतिस्थापन गरेको छ । अहिले व्यवस्थापन संकाय पढ्नेहरुका लागि बैंकिङ क्ष्ँेत्र नै अन्तिम गन्तव्य नभएपनि पहिलो विकल्प भने अवस्य हो ।

बैंक तथा वित्तीय क्षेत्रमा काम गर्न चाहाने र आफ्नो भविष्य खोज्नेहरुका लागि उच्च शिक्षाका क्रममा व्यवस्थापन संकाय रोज्नु नै मुल्य बाटो हो । त्यसो त व्यवस्थापन पढेका विद्यार्थीले बैंक, वित्तीय संस्था, सहकारी, बीमा कम्पनीमा मात्र नभई ठूला व्यापारीक घराना (कर्पोरेट हाउस) मा काम गर्नका लागि पनि विकल्प खोज्न सक्छन् । तर पछिल्लो दुई दशक समयावधिमा भने बैंक तथा वित्तीय संस्थाको आर्थिक क्षेत्रमा देखिएको उपस्थितीका कारण यस क्षेत्रमा जाने चाहनेहरुको संख्या बढेको छ । तर कुशल व्यवस्थापक र नीति निर्माताहरूको नेपालमा अझै पनि अभाव छ ।

अहिले बैंक तथा बित्तीय संस्थाको उपस्थिती बलियो हु“दै गएको छ । हाल २८ वटा वाणिज्य बैंक, सोही हाराहारीमा विकास बैंक, ३९ बिमा कम्पनी, दर्जनौ वित्त तथा लघुवित्त र हजारौंको संख्यामा सहकारी स्थापना भएका छन् ।

नेपाल राष्ट्र बैंकले नै प्रत्येक स्थानिय तहमा एउटा वाणिज्य बैंकको शाखा खोल्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यस अर्थमा पनि बैंक वित्तीय संस्थाको बजार उपस्थिती अझ बढ्दो क्रममा रहेको देखिन्छ । यस अर्थमा पनि आर्थिक गतिविधिमा वृद्धि हुदै जा“दा तथा व्यावसायिक उद्योगधन्दाहरूको विकास तथा आधुनिकीकरणको लागि वातावरण बनिरह“दा भोलिका दिनमा मा व्यवस्थापन विषयका विद्यार्थीहरूको माग अझ बढी हुने देखिन्छ ।
समग्रमा भन्नुपर्दा, आफु आत्मनिर्भर भई अरूलाई रोजगारी दिन सक्ने क्ष्ँेत्र हो व्यवस्थापन शिक्षा ।

सामाजिक, आर्थिक विकासका लागि व्यवसाय गर्न होस् अथवा उद्योगलाई बढावा गर्न सक्ने सामाजिक जिम्मेवार र रचनात्मक उद्यमीहरु उत्पादन गर्न होस्, अन्य विषयको तुलनामा व्यवस्थापन पढेको जनशक्ति नै पहिलो रोजाईमा पर्छ । प्रशासनीक र व्यवस्थापकिय कार्यमा उनीहरुले सिकेको ज्ञान सीप नै व्यवहारिक रुपमा लागु हुनेहु“दा अन्य विषय पढेका भन्दा व्यवस्थापन पढेका व्यक्तिले अवसर र सफलता दुवै पाउ“छन् ।

एक कुशल प्रशासक र व्यवस्थापकमा हुनुपर्ने गुण, विशेषता र दक्षताका विषयमा सैद्धान्तिक पाटो व्यवस्थापन संकायले दिन्छ । विद्यार्थीले आफुले सिकेको सैद्धान्तिक कुरालाई व्यवहारमा उतार्छन । जसको नतिजा सधै सफलता हो । व्यवस्थापन अध्ययन गरेका विद्यार्थीहरू बेरोजगार बस्नु नपर्ने अवस्थामात्र नभएर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा समेत उनीहरुले ख्याति कमाउ“दै गएका छन् ।

मुलुक भित्रकै विश्वविद्यालबाट मात्र नभई विदेशी विश्व विद्यालयबाट सम्बन्धन पाएका कलेजहरुले पनि सस्तो मुल्य मै व्यवस्थापन शिक्षा दिईरहेका छन् । एकातर्फ उज्वल भविश्व खोज्ने विद्यार्थीको महत्वाकांंक्षा र उनीहरुले पढाईमा गर्नसक्ने लगानीका बीचमा पनि व्यवस्थापन तथा वाणिज्जशास्त्रले तादम्यता मिलाई दिएको छ । मध्यम आर्थिकस्तर भएका परिवारका लागि पनि आफ्ना छोराछोरीलाई उचित शिक्षा दिक्षा दिन सकिने किसिमले कलेजहरुले अध्यापन गराईरहेका छन ।

बैकिङ एण्ड फाईनेन्स मेनेजमेन्ट, मार्केटिङ मेनेजमेन्ट, ट्राभल एण्ड टुरिजम मेनेजमेन्ट, ईन्डस्ट्रियल मेनेजमेन्ट, ईन्फर्मेसन मेनेजमेन्ट, होटल मेनेजमेन्ट, बिजनेस मेनेजमेन्ट, ह्युमन रिसोर्स मेनेजमेन्ट, लिडरसिप मेनेजमेन्ट, पब्लिक रिलेसन मेनजेन्ट, डेभलममेन्ट मेनेजमेन्ट, मिडिया मेनेजमेन्टलगायत विषयले विद्यार्थीलाई आफ्नो चाहना अनुसारको ज्ञान, सीप र दक्षताका लागि बाटो खोलिदिएका छन् ।

नेपालको हकमा व्यवस्थापन संकायमा प्लसटु, स्नातक तहमा बीबीए, बीबीएस, बीबीएम, बीसीआइएस, बीआईएम, बीएचएम, बीटीटीएम, बीआईटीजस्ता विशिष्टीकृत विषयहरु पढाई हुने गरेका छन् । अधिकांश विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरुमार्फत तीनै विषयको पढाईका लागि स्नातकोत्तर तहको पनि शिक्षण गराईरहेका छन् ।

अशोक शेरचन

सीईओ, प्रभु बैंक
अरु विषय पढेका हरु भन्दा व्यवस्थापन नै पढेर बैकिङ क्षेत्रमा आउ“दा पक्कै पनि काम गर्न सजिलो हुन्छ । हामीकहा“ उपलब्ध गराईने सैद्धान्तिक विषय र व्यवहारिक विषयमा एकरुपता नै छ भन्नुपर्छ ।

बैकिङ क्ष्ँेत्रका लागि काम गर्दा जान्नुपर्ने प्रारम्भिक विषयवस्तु शिक्षण संस्थाबाट पाएका हुन्छन् । जागिरे जीवनमा प्रवेश गरिसकेपछि सबै बैक तथा वित्त संस्थाले उनीहरुलाई केही समयसम्म आफै ट्रेनिङ समेत दिन्छन् ।

 

परिक्षणकालको समय सकिएपछि उनीहरुको रुचि र दक्षताका आधारमा कुनै डिपार्टमेन्टको कार्य जिम्मेवारी दिईन्छ । ‘ट्रेनिङ फेज’मा आर्थिक रुपले पनि कम सेवा सुविधा राखिएको हुन्छ । तर त्यसपछिको समय भने राम्रै छ ।

 

समग्रमा अहिलेसम्म नेपालको बैंक तथा वित्त क्षेत्रमा प्रवेश गरेका लागि वातावरण छ जस्तो लाग्छ । अहिले नेपालमा व्यवस्थापन पढाई गर्ने शिक्षण संस्थाहरुले पनि निकै गुणस्तरीय शिक्षा दिईरहेका छन् । अन्य मुलुक र यहा“का शैक्षिक संस्थाले उपलब्ध गराउने शैक्षिक गुणस्तरमा खासै फरकपन छैन ।


जनक शर्मा पौड्याल,
सीईओ, ग्लोबल आईएमई बैंक
व्यवस्थापन पढेका विद्यार्थीका लागि बैकिंङ क्ष्ँेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि राम्रै माग भईरहेको छ । किनकि व्यवस्थापन भनेको यस्तो विषय हो, जुन हरेक दिन हरेक क्षेत्रमा लागु हुन्छ । व्यवस्थापन तथा वाणिज्य विषय पढेका विद्यार्थीका लागि नेपालमा मात्र होईन विश्वभरी नै अवसर छ। उनीहरुले विश्वका जुनसुकैदेशमा पनि काम गर्न सक्छन् । हामी सानो मुलुक भएपनि अवसरका हिसाबले अहि हामीस“ग जति पनि छ ।

कसैले खाली जागिरका लागि मात्रै पढाई गरिरहेका हुन्छन् भने कसैले सा“च्चिकै आफ्नो जीवन सफल बनाउ“छु भनेर प्रतिवद्धताका साथ पढिरहेका हुन्छन् । उनीहरुका लागि यस क्षेत्रमा भविष्य खोज्ने वातावरण आज पनि छ र भोलि पनि हुन्छ भन्ने लाग्छ मलाई । मान्छे स्वभावैले महत्वाकांक्षी हुन्छ ।

जसकारण दरवार मै पनि खुशी हु“दैनन् । तर बैंक तथा वित्त क्षेत्रमा काम गर्नेहरुका लागि उनीहरुको न्युनतम आवस्यकता परिपूर्ति कै लागि समस्या आउ“छ जस्तो लाग्दैन । अहिले यस क्षेत्रका संस्थालाई राम्रो तलब भत्ता तथा सेवा सुविधा दिईरहेका छन् ।

व्यवहारिक तथा व्यवसायिक जीवनमा आईपर्ने चुनौतीहरुलाई सहज ढंगले ट्याकल गर्ने, निश्चित समयसीमाभित्र रहेर परिणाममुखी कार्य गर्नका लागि यसले मद्दत पु¥याउ“छ । काम गर्ने वातावरण पनि यस क्ष्ँेत्रमा राम्रै छ ।


योगेशभक्त बादे श्रेष्ठ, सीईओ
आईएमई जेनेरल ईन्सोरेन्स
अहिले बैंक तथा वित्तीय कारोबार गर्ने संस्था स“गस“गै वित्तीय जोखिम न्युनीकरण गर्ने बीमा कम्पनीको संस्थाहरुको संख्या पनि बढ्दो क्रममा छन् । हाल वाणिज्य बैंक भन्दा बीमा कम्पनी बढी भईसके । विषयवस्तुको ज्ञान भएको मान्छेले पढेको मान्छेले जागिर नपाउने भन्ने छैन ।

विश्वविद्यालय तथा कलेजहरुले दिने शैद्धान्तिक ज्ञान र बैंक तथा वित्तीय संस्थामा काम गर्दा गर्नुपर्ने व्यवहारिक पक्षको तादम्यता मिलाउन सकियो भने व्यवस्थापन शिक्षामा गरेको लगानी खेर जा“दैन । अहिले विषयवस्तुका हिसाबले हेर्ने हो भने व्यवस्थापन संकायमा नेपालको गुणस्तर पनि विश्वस्तरीय नै छ । जनशक्ति अझै अभाव रहेको अवस्थामा यहि व्यवस्थापन पढेर बैंक तथा वित्त क्षेत्रमा भविष्य खोज्नेहरुका लागि धेरै राम्रो छ ।

यसको बजार भर्खरै जस्तो शुरु भएको भन्नुपर्छ । यो अझै प्रारम्भिक चरणमै छ । आर्थिक हिसाबले मात्र नभई सामाजिक प्रतिष्ठा पनि हुने भएका कारणले पनि व्यवस्थापन पढ्नेहरुका लागि विदेशमा भविष्य खोज्छु भन्ने अवस्था छ जस्तो मलाई लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्