थिएमलाई पन्छाउँदै नाडाल सेमिफाइनलमा



न्युयोर्क, (एजेन्सी)
डिफेन्डिङ च्याम्पियन राफाल नाडालले यस वर्षको युएस ओपनमा सबैभन्दा लम्बिएको खेलमा सनसनी जित हात पारेका छन् ।

बुधबार बेहानसम्म चलेको खेलमा नाडालले डोमिनिक थिएमलाई ०–६, ६–४, ७–५, ६–७, ७–६ ले हराएका हुन् । ३२ वर्षीय स्पेनी यो जितसँगै सेमिफाइनलमा पुगेका छन् । उनले पहिलो सेट ६–० ले हारेर पनि अस्टे«लियनविरुद्ध ४ घण्टा ४९ मिनेट चलेको खेल जिते ।

१७ पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले जितपछि बताए—डोमिनिकलाई सरी भन्न चाहन्छु । उनको लागि जित्न धेरै समय रहेको थियो । यसमा शंका छैन उनी भविष्यमा च्याम्पियन बन्नेछन् । यो एकदमै ठूलो प्रतिस्पर्धा थियो ।

नाडालले अन्तिम चारमा अर्जेन्टिनाका हुआन मार्टिन डेल पोट्रोसँग शुक्रबार खेल्नेछन् । उनले बताए–यो खेलका लागि दुई दिन बाँकी छ ।

थिएम जुनमा भएको फ्रेन्च ओपनमा नाडालसँग सहजै पराजित भएका थिए । उनको करियरमा उनले ४ घण्टा भन्दा बढी चलेको खेल खेलेकै छैनन् ।

आर्थर एश रंगशालामा उपस्थित करिब २४ हजार दर्शकले सो ऐतिहासिक खेल हेरेका थिए । हारेपछि थिएमले बताए—टेनिस कहिलेकाही निर्दयी हुन्छ । यो खेल मेरो दिमागमा सँधैको लागि रहनेछ । यो खेलमा हार्नु हकदार होइन । तर एकले त हार्नै पर्छ ।

महिला सिंगल्सतर्फ अमेरिकी सेरेना विलियम्स पनि अन्तिम चारमा पुगिन् । उनी कारोलीना पिलीस्कोभालाई हराएर २४औं उपाधितिर पनि अग्रसर भएकी छिन् । मार्गारेट कोर्टको २४ ग्रान्डस्लाम उपाधिसंख्या बराबरी गर्न उनी दुई जितले टाढा छिन् । सेरेनाले पहिलो सेट ४–२ ले पछि परेको स्थितिलाई उल्ट्याउँदै चेक खेलाडीलाई पराजित गरेकी थिइन् । सो खेलमा उनले ६–४, ६–३ ले जित हात पारेकी थिइन् ।

सेरेनाले अन्तिम चारमा लात्भियाकी अनास्टासिया सेभास्टोभाविरुद्ध सामना गर्नेछिन् । सेभास्टोभाले अमेरिकाकी स्लोन स्टेफेन्सलाई ६–३, ६–४ ले हराएकी थिइन् । स्टेफेन्स गत संस्करणकी च्याम्पियन हुन् ।
बक्समा राख्ने 

नाडालसँग पहिलो सेट ६–० ले गुमाउनु यो उनको करियरमा दोस्रो पटक भएको छ । करियरको २ सय ८२ ग्रान्डस्लाम खेलअन्तर्गत नाडालले लामो समयपछि विपक्षी खेलाडीलाई ६–० को सेट सुम्पेका छन् । यसअघि नाडालले सन् २००४को युएस ओपनमै अमेरिकी खेलाडी एन्डी रोडिकसँग ६–० ले सेट गुमाएका थिए । यो खेल रोडिकले सीधा सेटमा जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्