पोखरेलको फूर्ति



मौका मिल्ने पुलिसका सिपाईले त राम्रै फूर्ति लाउँछन् भने अलि माथिल्ला तहकाहरुको कुरै नगरौ । सत्ता र शक्ति निकट हुन पाए भने त अरुलाई मान्छे नै गन्दैनन् भन्या । यस्तै चुरिफुरी देखियो केही दिन अघि गृह मन्त्रालयमा । गोविन्द प्रसाद पोखरेल नाम गरेका शसस्त्रका इन्सपेक्टरले मन्त्रालयमा राम्रै हल्ली खल्ली मच्चाए ।

त्यहाँका अधिकृतले के काम लिएर आउनु भो, कसलाई भेट्नुपर्ने हो भन्दै चासो व्यक्त गर्दा अधिकृत मात्रै होइन उप–सचिव सो सरहका बरिष्ठहरुलाई पनि टेर पुच्छर लगाएनन् । पोखरेल छाती फुलाउँदै भन्दैथिए–‘गृह मन्त्रीलाई भेट्न आएको, अरुसँग भेट्ने मेरो कामै छैन ।’ कर्मचारीले मन्त्री थापा व्यस्त रहेकाले भेट्न नमिल्ने बरु काम बताउन आग्रह गर्दा टेर पुच्छर लाएनन् ।

अनि पोखरेल फेरी कड्किए–‘मन्त्री मेरो बाऊको साथी हो, मैले भेट्न नपाउने भन्ने हुन्छ ।’ पोखरेल किन कड्किए भन्ने चुरो कुरो पत्ता लगाउन धरहरालाई निकै खुलदुली भयो । कुरो के रैछ भने उनी बाराको पथलैया स्थित ‘मालदार’ राजश्व गुल्ममा काम गर्दा गर्दै सिन्धुपाल्चोक सरुवा भएछन् । मालदार मै पुन फिर्ती हुन पाऊँ भन्दै पोखरेल थापालाई भेट्न मन्त्रालय धाएका रैछन् ।

उनी यसरी मन्त्रालयमा कड्किँदा ठूलै भूकम्प गएझैं बन्यो, मन्त्रालय भित्रै सिभिल डे«समा रहेका शसस्त्रका एक एसएसपी पोखरेलको हर्कत देखेर लाजले पानी–पानी हुँदै बाहिरिएको देख्दा धरहरा पनि निकै छक्क प¥यो ।

प्रतिक्रिया दिनुहोस्