सुरक्षित आप्रवासनका लागि २ अर्ब



नेपाल समाचारपत्र, काठमाडौं
वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) को तेस्रो चरण कार्यान्वयन गर्न नेपाललाई स्वीस सरकारले २ अर्ब रुपियाँ अनुदान सहयोग गर्ने भएको छ ।

बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव डा. राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदँत एलिजाबेथ भनक्यापिलर ओस्वाल्डले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नेपाल सरकार र स्वीस सरकारबीच भएको द्धिपक्षीय सहयोग सम्झौता अनुरुप सुरक्षित आप्रवासन परियोजना ७ वर्ष अघि अर्थात् सन् २०११ मा शुरु भएको हो ।

सन् २०११ देखि २०१३ सम्म परीक्षणको रुपमा सर्लाही र खोटाङ जिल्लामा र दोस्रो चरणमा काठमाडौंसहित २० जिल्लामा परियोजना सञ्चालन भएको थियो । ३९ जिल्लाका नगरपालिका र गाउँपालिकामा कार्यान्वयनमा तेस्रो चरणको योजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सो परियोजना सातवटै प्रदेश समावेश हुने जनाईएको छ।

परियोजनाको मुख्य उद्देश्य वैदेशिक रोजगार सम्बन्धी समुदायस्तरमा सँचनाको पहुुँच अभिवृद्धि गर्ने हो । ठगी वा शोषणमा परेका वा पर्न सक्ने वैदेशिक रोजगारमा जान चाहने सम्भावित व्यक्ति वा तिनको परिवारका सदस्यलाई न्यायको पहँुचमा सहजीकरण गर्नु हो । साथै वैदेशिक रोजगारीमा जाने सम्भावित नेपाली नागरिकलाई सीपमँलक तालिमको लागि सहयोग गर्ने, पीडित कामदार तथा तिनका परिवारका सदस्यलाई आवस्यकताअनुसार मनोसामाजिक परामर्श एवं वित्तीय साक्षारतासम्बन्धी कार्यलाई सञ्चालन गरी विप्रेषणको सदुपयोग एवं उद्यमशीलता विकास गराउनु पनि हो ।

परियोजनाले सुरक्षित आप्रवासनका लागि कानँनी सहायता, तालीम, क्षमता अभिवृद्धि, सँचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा सहयोग पु¥याउने उद्देश्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्