अवैधानिक फार्मेसी, अदक्ष जनशत्ति



सिर्जना पन्त, बागलुङ । बागलुङ वजारमा संचालनमा रहेका निजी क्लिनिक, तथा फार्मेसी पसलहरु अवैध रुपमा संचालन गरेको पाईएको छ । स्वास्थ्यकर्मीहरुको नामबाट सञ्चालनमा रहेका फार्मेसीहरुमा स्वास्थ्य क्षेत्रभन्दा बाहिरका औषधीको बारेमा ज्ञान नभएका व्यक्तिहरुको भरमा औषधी पसल सञ्चालन गर्ने गरेको पाईएको हो ।

अधिकांश औषधी पसलहरूमा लागू तथा मनोद्विपक औषधी बिक्रीको अभिलेख दुरुस्त नरहेको, दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएको छ । अधिकांश फार्मेसी पसलहरु मापदण्ड पुरा नगरी संचालन गरेको पाईएको छ ।
बागलुङका अधिकाशं औषधी पसलहरुमा डाक्टरको सिफारिस विना विक्रि वितरण गर्न नमिल्ने औषधी समेत राखिएको, दक्ष जनशक्ति विनानै औषधी वेचविखन भएकोले तत्काल कडा कदम चाल्नुपर्ने क्षेत्रिय अस्पताल पोखराका फार्मेसीस्ट सविन लामिछानेले बताउँछन् ।

उनका अनुसार अवैधानिक तरिकाले बर्षौं देखि औषधि पसलहरु संचालनमा रहेको भएपनि सम्बन्धित निकायले कारवाही नगरेका कारण अवैध पसलहरुको संख्या बढ्दै गएको फार्मेसीस्ट छामिछानेको भनाई छ ।

विज्ञ व्यक्तिले औषधी पसल संचालन गर्ने अनुमती लिएर आफुले जागिर खाने र अन्य व्यक्तिलाई व्यवसाय संचालन गर्न दिने गरेकोले पनि दिर्घकालिन रुपमा असर गर्ने लामिछानेको भनाई छ ।

अनुमति बेगर संचालनमा रहेका साथै सम्बन्धित स्वाथ्यकर्मी समेत पसलमा नबस्ने गुनासो आएको भन्दैं लिखित रुपमा दक्षा जनशक्ति व्यवस्था गर्न निर्देन दिएको बागलुङ नगरपालिका वजार अनुगमन समितिका वजार अनुगमन अधिकृत युक्त प्रसाद सुवेदीले बताए ।

अनुगमन समितिले समय समयमा गर्ने अनुगमनमा औषधी पसलवालाले औषधी विक्रि वितरण गर्दा विल नदिने, विक्रि गरिएको औषधीको अपडेट नगरेको पाएको बताईएको छ । हामिले जनगुनासो बढेपछि संयमित हुन निर्देशन दिएका छौं, फेरिपनि यस्ता गुनासाहरु आएमा अनुगमन औपचारिकतामा सिमिति नहुने वताउदै जनताले अनुभति गर्ने गरी अनुगमन कडाई गरिने अनुगमन अधिकृत सुवेदीले बताए ।

मापदण्ड नपुगेका मेडिकलहरुलाई यथासक्य प्रकृया पुरा गर्न निर्देशन दिएको छ । म्याद भित्र पनि आवश्यक प्रकृया पुरा नगरे कानूनी कार्वाही गरिने जनाईको छ । बागलुङ सदरमुकाम भित्र सञ्चालनमा रहेका २८ वटा औषधी पसल मध्ये २७ वटा पसलको मापदण्ड पुरा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्