लैंगिक विभद् अन्त्य गर्न सार्क महासचिवको जोड



नेपाल समाचारपत्र, काठमाडौं
समाज र अर्थ व्यवस्था परिवर्तन गर्न महिलालाई आर्थिक रुपमा शसक्त बनाउँदै लैंगिक विभद् अन्त्य गर्नुपर्नेमा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) संगठनका महासचिव अम्जाद बी सियालले जोड दिनु भएको छ ।

दक्षिण एसियाली महिला विकास मञ्चले काठमाडौंमा आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै महासचिव सियालले यस्तो विचार व्यक्त गर्नुभयो । ‘हामी एउटै प्रकृतिको सामाजिक, साँस्कृतिक, बैधानिक र राजनैतिक रुपमा महिलालाई शसक्तिकरण गर्ने अभियानमा छौ, उहाँले भन्नुभयो–‘यसैको परिणाम स्वरुप बैद्य अधिकारका लागि संसारभर गतिविधी बढेको छ ।’

एकल र पीछडीएका महिलाले पनि स–सना घरेलु उद्यम मार्फत आर्थिक आजआर्यनका गतिविधी गरिरहेका महासचिव सियालको भनाई थियो । सार्क संगठनले सार्क वडापत्र अनुरुप महिला सशक्तिकरण, अपराध नियन्त्रण महिला र किशोरी बेच विखन विरुद्धसँगै वेश्यावृत्ति नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । ‘आर्थिक सशक्तिकरणसँगै समानता’ भन्ने नाराका साथ गत आइवार शुरु भएको सम्मेलनमा सार्क सदस्य राष्ट्र सहित विभिन्न २७मुलुकका महिला उद्यमी सहभागी थिए ।

नेपालमा महिलाहरुको क्षमता अभिवृद्धि गर्न र महिलाले नेतृत्व लिएका उद्योगमा बैदेशिक लगानी भित्र्याउन सम्मेलन फलदायी बनेको सम्मेलन सम्मेलन आयोजक संस्था दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले बताउनुभयो । उहाँका नेपालको ग्रामिण भेगमा सफा पानी उत्पादन गर्ने उद्योग स्थापना गर्न भारतीय प्रसिद्ध टाटा कम्पनीले सघाउने भएको छ भने यही जमघटमा नेपालले इन्डो अफ्रिकन उमन च्याम्बरको सदस्यता पाएको छ ।

त्यसैगरी अफ्रिका र खाडी मुलुक सहित विभिन्न ४२ मुलुकमा महिला उद्यमशिलताका क्षेत्रमा क्रियाशिल यूनिडो नामक संस्थाले नेपालमा पनि कार्यक्षेत्र विस्तार गर्नेबारेमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । सम्मेलनमा सार्क सहित अमेरिका, बेलायत, चीन, कम्बोडिया, थाइल्यान्ड लगायतका मुलुकको समेत प्रतिनिधित्व थियो ।

प्रतिक्रिया दिनुहोस्