अफगानिस्तान: हक्कानीको निधन



काबुल (एजेन्सी)
अफगान तालिबानले अफगानिस्तानमा सक्रिय आतंकवादी समुह मध्यका एक हक्कानी नेटवर्कले नेता जलालुद्दिन हक्कानीको मृत्यु भएको घोषणा गरेकाछन् । उक्त जानकारी निगरानी समुह एसआईटीईले मंगलबार दिएको हो ।

तालिबानले उक्त समाचारको पुष्टि गरेको हो । तालिबानले जारी गरेको विज्ञप्तीमा उनीहरुको मार्गमा यकिन गर्ने मुजाहिद अफगान, इस्लामका प्रचारक, धार्मिक विद्वान र जिहादी अब नरहेको उल्लेख गरेको छ । उनले लामो समयसम्म रोगको सामाना गरिरहेको उल्लेख गरिएको छ । हक्कानीको जन्म सन् १९३९ मा अफगानिस्तानको जादरान जिलामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्