जापान: भिषणा आँधिवेरी



टोक्यो (एजेन्सी)
जापानमा मंगलबार २५ बर्ष यताको सबैभन्दा शक्तिशाली सामुद्रिक आँधिबेरी आएको छ । तिब्र बेगको हुरी र भिषण बर्षाका कारण देशको मौसम एजेन्सीले चेतावनी जारी गरेको छ । पश्चिम जापानमा अपराह्न तिर २ सय १६ किलोमिटर प्रति घण्टाको बेगले चत्रवाट सहितको आँधीबेरी जेबी आएको हो ।

उक्त इलाका यसै बर्ष गर्मीमा भयानक बर्षाका कारण अष्तब्यस्त बनेको थियो । प्रधानमन्त्री सिन्जो आबेले नागरिकहरुलाई सकेसम्म चाँदो जोखिम पुर्ण इलाका खाली गर्न अपिल गरेका छन् । आफ्नो सरकारसँग सकेसम्म वासिन्दालाई बचाउन सबै आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्