सिरियाको इडलिव प्रान्तमा भयानक रुसी आक्रमण



दमास्कस,(एजेन्सी)
रुसी लडाकु विमानहरुले लडाकुहरुको नियन्त्रणमा रहेको सिरियाको इडलिव प्रान्तमा भयानक बमबारी शुरु गरेको सुरक्षा सुत्रले जनाएको छ । सो भिषण आक्रमणका लागि हालै ठूलो संख्यामा सरकारी फौजको एकै स्थानमा भेला भएके थियो ।

यो सिरियाली सरकारी फौजको सो क्षेत्रमा तीन साता भित्र भएको यो पहिलो आक्रमण हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इडलिवमाथि अनावश्यक आक्रमण नगराउन सिरियाली राष्ट्रपति बसार अल असादलाई चेतावनी दिएका थिए ।

तर रुसको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ ले सो चेतावनीलाई वेवास्ता गर्दै सिरियाली फौज सो प्रान्तमा रहेका आतंककारीहरुलाई खतम पार्न थतयार रहेको बताएका छन् । ट्रम्पले सो क्षेत्रमा रहेका हजारौ निर्दोष सर्वसाधारणको यस आक्रमणमा अनाहकमा ज्यान जान सक्ने चिन्ता व्यक्त गरेका थिए ।

पेस्कोभले भने इडलिवमा रहेका अन्तार्राष्टिय लडाकु समुह अल कायदासंग आवद्ध जिहादीहरुको कारण सिरिया स्थित रुसी सैनिक अखडाहरुमा खतरा सिर्जन भएको तथा तिनीहरुकै कारण सिरियाली गृहयुद्धको राजनीतिक समाधान रोकिएको बताएक छन् ।

यता संयुक्त राष्ट्र संघले त्यहाँ भयानक आक्रमण हुँदा भयानक मानविय क्षति हुने चेतावनी दिइसकेको छ ।

सिरियाली मानव अधिकार मामिला हेर्ने वेलायत स्थित निकायले रुसी लडाकु जेट विमानले पश्चिमी इडलिव, लाताकिया प्रान्तको पहाडी क्षेत्र र साह अल घाव मैदानका लडाकु नियन्त्रित करिव १६ वटा स्थानमा करिव ३० पटक आक्रमण गरेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्