बेलायतमा नवौं पटक विवाहको तयारी



लन्डन (एजेन्सी)
बेलायतका सबैभन्दा धेरै पटक विवाह गर्ने पुरुषले जीवनमा फेरी एक पटक मायालु पाएका छन् । ७० बर्षिय रान सिपर्ड एक पटक फेरी विवाह गर्न तयार र यो उनको नवौं विवाह हुने बेलायती सन्चार माध्यमले जनाएको छ । यसअघि रानले ८ पटक विवाह गरिसकेका छन् । १० महिना अगाडी मात्रै उनको प्रमिकासँग ब्रकअप भएको थियो ।

रानले गत बर्ष पनि इन्गेजमेन्ट गरेका थिए तर त्यो सम्बन्ध विवाह सम्म पुग्न सकेन । रानले आफनो पुर्व प्रेमिका झगडालु र नराम्रो स्वभावकी महिला भएको बताएका थिए । त्यसपछि उनीहरु अलग भएका थिए । यद्यपी अब नयाँ सम्बन्धलाइ लिएर सिपर्ड अत्यन्त उत्साहित छन् । यो पटक सिपर्डको आफु भन्दा ३८ बर्ष कान्छी निनासँग प्रेम भएको छ । उनी ३२ बर्षकी हुन र एक बच्चाका आमा हुन् ।

सिपर्डले आफनी आठौं पत्नीका एक मित्रका माध्यमबाट ६ बर्ष अगाडी निनासँग उनको भेट भएको बताए । निना विधवा हुन् र हाल उनी दोहामा बस्छिन् । अर्को महिन उनलाई विवाहको प्रस्ताव गर्न उनी दोहा जाँदैछन् र निनाले पनि त्यसमा स्विकृति दिने संकेत दिएकी छिन् । सिपर्डले पहिलो विवाह १९ बर्षको उमेरमा गरेका थिए र त्यसपछि उनले ८ पटक विवाह गरिसकेका छन् ।
सिपर्डको सबैभन्दा लामो वैवाहिक सम्बन्ध ११ बर्ष सम्म टिकेको थियो र सबैभन्दा छोटो मात्र १० महिना टिक्यो ।

फिलिपिन्सकी वेंगसँग सिपर्डले एक अनलाइन साइटमा भेटेको र पछि दुईले विवाह गरेका थिए । ८ पटक सम्म मायाको खोजीमा भौंतारिएपछि अब अन्तमा आफुले साँचो प्रेम फेला पारेको सिपर्डले बताए । यो पटक हाम्रो सम्बन्ध सदाका लागि हुनेछ भन्ने मलाई लागेको छ – सिपर्डले बताए ।

प्रतिक्रिया दिनुहोस्