नेपालको धोको अधुरै रह्यो



नेपाल समाचारपत्र, काठमाडौं
नेपालको एसिया कप खेल्ने धोको पुरा हुन सकेन । नेपालले मलेसियामा जारी एसीसी एसिया कप छनोटअन्तर्गत अन्तिम खेल गुमाएपछि एसियाकप खेल्ने धोको पुरा हुन नसकेको हो । नेपालको ब्याटिङ नै चलेन । ९५ रनमा अलआउट भएपछि हङकङले ७ विकेट गुमाएर ३२.३ ओभरमा लक्ष्य प्राप्त गरेको थियो । जसमा अंशुमान राठले सर्वाधिक ५२ रन जोडेका थिए । यो हारसँगै नेपाल ४ अंकसहित चौथो स्थानमा रह्यो ।

त्यसो त नेपालका चर्चित युवा स्पिनर सन्दीप लामिछाने एक्लैले ५ विकेट लिएर हङकङमाथि दवाव राखेका थिए । तर झिनो लक्ष्य हुँदा नेपालले हङकङलाई जितबाट वंचित गर्न पनि सकेन । हङकङले यो जितसँगै फाइनलमा युएईसँग खेल्ने पक्का पनि ग¥यो । ओमान र हङकङको समान ७÷७ अंक हुँदा नेट रनरेटमा हङकङले बाजी मा¥यो । युएई भने चार खेल जित्दै ८ अंकसहित फाइनलमा पुगेको हो । फाइनलमा जित्ने टोलीले युएईमा हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

नेपालको ब्याटिङ एकदमै खराब भएको थियो । कोही पनि खेलाडीले व्यक्तिगत २० रन कटाउन सकेनन् । मोहम्मद आरिफले १८ रन बनाउनु नै सबैभन्दा ठूलो योगदान थियो । अनिल साह र बसन्त रेग्मीले १५÷१५ रन जोडे भने कप्तान पारस खड्काले १४ रन मात्रै बनाएका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल केवल १२ रनमै सीमित भएका थिए । अरु ब्याटसम्यानले दोहोरो अंक छुन सकेनन् । हङकङका बलरमा एसान खानले सर्वाधिक ४ विकेट लिँदा तनवीर अफजल र मोहम्मद अजीज खानले समान २÷२ विकेट हात पारेका थिए । नेपालले वानडे अन्तर्राष्ट्रिय मान्यता पाए पनि यस प्रतियोगितामा खराब प्रदर्शन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्