डलरको भाउ उच्च हुँदा निगमको घाटा ह्वात्तै बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल आयल निगमको मासिक घाटा ६४ करोड रुपियाँ पुगेको छ । सेप्टेम्बर १ तारिखमा भारतीय आयल निगम (आईओसी) बाट प्राप्त नयाँ मूल्यसुची अनुसार निगमको घाटा ५० करोडबाट बढेर ६४ करोड रुपियाँ भएको हो ।

निगमका अनुसार कारोबारको ८० प्रतिशत हिस्सा ओगटेको डिजेल र एलपी ग्यासमा क्रमशः प्रतिलिटर २ रुपियाँ र प्रतिसिलिन्डर ३ सय ३१ रुपियाँ ९१ पैसाको घाटा घाटा निगमका निम्ति मुख्य चुनौती रहेको छ । निगमलाई यी दुई पदार्थमा मात्रै १५ दिनमा ५९ करोड घाटा हुने देखिएको छ । हवाई इन्धन र मट्टितेलको नाफाले घाटामा केही राहत भएको छ ।

केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मँल्यमा ८ देखि १० प्रतिशतले मँल्यवृद्धि हुनुका साथै अमेरिकी डलर बलियो हुँदै जानुले पनि निगमको घाटामा वृद्धि भएको छ ।

१५ दिन अघि प्रतिव्यारेल ७१÷७२ डलर रहेको कच्चा तेलको मँल्य हाल ७६÷७७ डलर पुगेको छ ।

जुन महिनामा १ डलरको १ सय ८ रुपियाँ रहेको हाल करिब १ सय १४ रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजार मँल्यमा कच्चा तेलमा १ डलर बढ्दा निगमलाई मासिक १७ करोड रुपियाँ घाटा थपिन्छ, पहिले प्रतिव्यारेल ७४ डलर रहेकोमा अहिले ७७ डलर प्रतिव्यारेल अर्थात ३ डलर बढेका कारण मासिक रुपमा निगमलाई ५० करोड रुपियाँ घाटा थपिएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताउनुभयो ।

नयाँ मँल्यसँची आइओसीबाट आएको भए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टितेल र हवाई इन्धनको मूल्य सावितकै मँल्य राखेको छ । हरेक १५ दिनको अन्तरालमा स्वचालित मँल्य प्रणालीअनुसार मँल्य समायोजन गदै आएको भए पनि निगमले हाल भने भदौ ३ गते समायोजन गरेको मँल्य तत्कालका लागि यथावत राखेको छ ।

नयाँ मँल्य सँचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १ रुपियाँ ११ पैसा, डिजेलमा प्रतिलिटर २ रुपियाँ ८४ पैसा र ग्यासमा प्रतिसिलिन्डर ३ सय ३१ रुपियाँ ९१ पैसा घाटा रहेको छ । त्यस्तै मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा रहेको छ । निगमको घाटा वृद्धि हुँदा निगमको क्षमता विकास नै छायाँमा परेको निमित्त प्रमुख भट्टराईको भनाइ छ । निगमको व्यय भार पनि बढेको उल्लेख गर्दै आवश्यक परे मँल्य समायोजन गर्न सकिने संकेत गर्नुभयो ।

निगमले २०७१ असोजदेखि प्रचलनमा ल्याएको स्वचालित मँल्य प्रणाली बमोजिम मँल्यको विस्तृत विश्लेषण गर्दै आइओसीबाट हरेक १ तारिख र १६ तारिखमा प्राप्त मँल्यसुचीको आधारमा नयाँ मँल्य निर्धारण गर्दै आएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात २० प्रतिशतले वृद्धि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्