सेञ्चुरी बैंकका सेवाग्राहीले नेपाल क्यान्सर हस्पिटलमा छुट पाउने



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यान्सर हस्पिटल एन्ड रिर्सच सेन्टर प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा शेयरधनीलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शेयरधनीले विभिन्न सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एन्ड रिर्सच सेन्टर प्रालिका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखा र २ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्