भक्तपुर–काठमाडौं मार्गमा सास्ती



अधिकांश भक्तपुरवासीले दैनिक काठमाडौं ओहोरदोहोर गर्नुपर्छ । कोही जागिरका लागि त कोही व्यवसायका लागि आतेजाते भइरहन्छ ।

तर कोटेश्वरमा दिनदिनै सवारी जाम बढ्ने गरेको छ । कुनै दिनमा त यो जाम कोटेश्वरको तीनकुनेदेखि भक्तपुरको गठ्ठाघरसम्म पुग्छ । यति सडक पार गर्न गत १७ गते त गाडीमा पूरा २ घन्टा लाग्यो । यो सडक भएर ओहोरदोहोर गर्ने सवारीचालक वा यात्रीलाई नै थाहा हुन्छ यहाँको सास्ती ।

यत्तिको हुँदा पनि कुनै वैकल्पिक उपाय ननिकाल्नु सम्बन्धित निकायको ठूलो कमजोरी हो । दीर्घकालीन समाधानको उपाय खोज्दाखोज्दै लामो अवधि बितिसक्यो । अब त यसबारेमा के भइरहेको छ भन्ने कुराको जानकारीसम्म त देऊ सर्वसाधारणलाई ।

सरकार त यस कुरामा निरीह भइसक्यो । स्थानीय जनप्रतिनिधिहरुचाहिँ के हेरेर बसिरहेका छन् नि ? यात्रीको सास्ती भनेकै ती जनप्रतिनिधिहरुको सास्ती होइन र ? यसबारेमा सम्बन्धित निकाय र सदनमै कुरा उठाऊ ।
– अनमोल कर्माचार्य, कौशलटार, भक्तपुर

प्रतिक्रिया दिनुहोस्