अर्थमन्त्रीद्वारा रेडक्रस स्तम्भको अनावरण



भद्रपुर ।
अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल रेडक्रस सोसाइटी झापाले आफ्नै कार्यालय परिसरमा स्थापना गरेको ‘स्वर्ण महोत्सव स्तम्भ’को आज अनावरण गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका पूर्वसभापति स्व विष्णुराज पोखरेलको स्मृतिमा उहाँका छोरा–बुहारी विनयराज पोखरेल–मञ्जु पोखरेल र सञ्जय पोखरेल–जानुका पोखरेलले रु चार लाखको लागतमा सो रेडक्रस स्तम्भ निर्माण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले आफू पूर्वरेडक्रसकर्मी रहेको जनाउँदै मानवीय सेवाको क्षेत्रमा रेडक्रसले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्