एक हजार धरौटीमा ग्रेटर नेपालका फणीन्द्र नेपाल ६ दिनपछि रिहा



काठमाडौं ।
ग्रेटर नेपालका फणीन्द्र नेपाल एक हजार धरौटीमा ६ दिनपछि रिहा भएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने आशंकामा पक्राउ परेका थिए ।
उनलाई गत बिहीबार चाबहिलस्थित आफ्नै घरबाट निस्कनासाथ प्रहरीले पक्राउ गरेको थियो । नेपालले बिमस्टेक सम्मेलनका लागि नेपाल आउन लागेका मोदीलाई कालो झण्डा देखाउने योजना फेसबुकबाट पहिल्यै सार्वजनिक गरेका थिए । यसअघि पनि मोदीलाई कालो झण्डा देखाउने क्रममा उनी तीन पटक पक्राउ परिसकेका थिए ।

उनले भनेः ‘‘देश टुक्रयाउन सीके राउतजस्तालाई खुल्ला छोड्ने सरकारले देश जोड्न खोज्ने हामीलाई अपराधिको व्यवहार गरिरहेको छ ।’

सुगौली सन्धीपछि नेपालबाट खोसिएको भूमि भारतले फिर्ता दिनुपर्ने एजेन्डाका साथ अभियान चलाउँदै आएका नेपालले आफ्नो संगठनसँग सरकारले वार्ता गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्