काजकिस्तान अन्डर १२ फाइनल



काठमाडौँ ।
काजकिस्तानको अस्तानामा भएको आइ.टि.एफ अन्डर १२ को फाइनलको पहिलो खेलमा नेपालका आराव सम्राट हाडा, अकि जुबें रावत र प्रणव मानन्धर सम्मिलित दक्षिण एसियाली टिमले थाईल्याण्डलाई २—१ ले हराएको छ । खेलाडीहरूले पहिलो राउण्डको खेललाई सजिलै पार गर्न सफल भए । अकि जुबेन रावतले पहिलो म्याच थाइल्याण्डका नम्बर २ खेलाडीसँग ५—७ र ४—६ ले हारेका थिए , पहिलो सेटको म्याच २—६ ले हारेका आराव सम्राट हाडाले दोस्रो र तेस्रो सेटमा थाइल्याण्डका नं. १ खेलाडीलाई ६–० र ६—३ ले हराउँदै जित हाँसिल गरेका थिए । तेस्रो सेटको अति रोमान्चक डबल्स खेलमा आराव र अकिको टोलिले ६—३ र १—६ र १०—७ को जीत हाँसिल गर्न सफल भयो । १२ बर्षभन्दा मुनिका खेलाडीहरूको खेलमा ११ वर्षका आरवको स्वच्छ र अनुशासित नेतृत्वमा गएको नेपालको टिमले सुरुवाती हारका बाबजुद पनि अन्त्यमा जीत हाँसिल गरेरै छोड्यो ।

छात्राहरूतर्फ भएको खेलमा नेपालकी आइशा डोल्कर गुरुङले चीनकि प्रतिद्वन्द्वीसँग ६—० र ६—२ र अजा रेग्मीले ०—६ र ०—६ को हार बेहोर्नु पर्यो । साथै अजा र सुभांगी लक्ष्मी शाहको टिमले डबल्समा ०—६ र ०—६ को दुखद हार व्यहोर्न पर्यो । नेपालकी नं. १ खेलाडी सुभांगीले स्वास्थ्य समस्याका कारण खेलको सिंगल्समा प्रतिष्पर्धा गर्न पाइनन् ।

एसियन च्याम्पियनशिपमा भारत पछी दक्षिण एसियालाई प्रतिनिधित्व गर्दै गरेको नेपालले ५ क्षेत्रबाट १२ टोलीको चयन गरेको थियो । अप्रिल २०१८ मा ललितपुरको सातदोबाटो टेनिस कम्प्लेक्समा भएको खेलमा श्री—लंका र पाकिस्तानलाई पराजीत गर्दै नेपाल प्रतिनिधित्वका रूपमा छानिएको हो । सेप्टेम्बर २ देखि ९ सम्म चल्ने खेलको फाइनलमा नेपालले टेनिसका महारथी राष्ट्र चीन, हंगकंग, दक्षिण कोरिया, ताइपेइ, इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, भारत, लेबनान, काजकिस्तान र उज्बेकिस्तानका खेलाडीहरूसँग प्रतिष्पर्धा गर्नेछ । दुई टोलिका उत्कृष्ट दुई टिमले सेमी—फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । टोलीमा अगाडी रहेको थाइल्याण्डलाई पराजित गरे सँगै नेपाल सेमी फाइनलको नजिक पुगेको छ । नेपालको टोलिमा रहेका अरू राष्ट्रहरू लेबनान, चीन, काजकिस्तान र थाइल्याण्ड हुन् । नेपालले सेप्टेम्बर ४ का दिन आयोजक राष्ट्र काजकिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।

अन्तर्रा्ष्ट्रिय खेल मंचमा नेपालका लागि यो ऐतिहासिक दिन हो । गत बर्ष काजकिस्तानमै सम्पन्न भएको फाइनल खेलमा नेपालले सुरुवाती खेलहरूमा हार व्यहोर्न परेपछि ११ टिममध्ये ९ औं स्थानमै सिमित रहन पुगेको थियो, तथापी नेपालले पछील्लो राउण्डका खेलहरूमा मलेसिया र बंगलादेशलाई हराएको थियो । नेपालका अन्डर १२ जुनियर टेनिस खेलाडीली प्राप्त गरेको यो उपलब्धिमा राष्ट्रले गर्व गर्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्