नेपाल पाकिस्तानसंग २–१ गोलले पराजित



काठमाडौँ ।
नेपाल पाकिस्तानसंग २–१ गोलले पराजित भएको छ । साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसंग पराजित भएको हो ।

खेल शुरु भएको ३६ औँ मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र नेपालका कप्तान विराज महर्जनले फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको हो । पाकिस्तानका हसन नविद बासिरले गोल गरेका हुन् । उक्त खेलको उत्कृष्ट सामना गर्दै खेलकाे ८२ औँ मिनेटमा नेपालका विमल घर्तीमगरले गोल फर्काउदै बराबरीको सामना गरेको थियो । तर पाकिस्तानले अन्मिम १ मिनेटमा अर्काे गोल गर्दै नेपाललाई पराजित गरेको हो ।

नेपालले अब दोस्रो खेलमा सेप्टेम्बर ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्