अपडेटः ढुङगाले लागेर एक युवकको मृत्यु ,एक घाईते



विनोद सिंह विष्ट, बैतडी ।
पहिरो संगै भीरवाट खसेको ढुङगाले लागेर बैतडीमा मंगलवार बिहान घाईते भएका एक युवकको मृत्यु भएको छ । भने एक युवक घाईते भएका छन् ।
मृत्यु हुनेमा मेलौली नगरपालिका १ का २० बर्षीय आनन्दसिंह नेगी रहेका छन् । ३५ बर्षीय देवेन्द्रसिंह नेगी घाईते रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । ढुङगाले टाउकोमा लागेर गम्भीर घाईते भएका आनन्दको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागी कैलाली लैजादै गर्दा दिउँसो साढे २ बजे बाटोमै मृत्यु भएको छ । मृतकको शव परिक्षणका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । अर्का घाईते युवकको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार उपचार भईरहेको छ ।
मंगलवार बिहान साढे ९ बजे घरवाट काडाँबजार बजार जाने बेला डेवराली भन्नेस्थानमा एक्कासी पहिरोसंगै खसेको ढुङगा लागेर उनीहरु दुबैजना घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्