पैसाकालागि नामुद चोरसंग बिवाह



काठमाडौ । नेपालीमा एउटा उखान छ पैसाकालागि भगवान महादेवको पनि तीन नेत्र बल्छ ।

पैसकालागि संसारभर ठुला ठुला अपराधका घटनाहरु हुने गरेका छन । पैसाको लागि यो दुनिया पागल जस्तै बनेको छ । पैसाकालगि मान्छेले के के गर्छ भन्ने उदाहरण पछिल्लो पटक स्कटल्याण्डकी एक महिलाले चोर संग पोइल गएर पुष्टी गरेकी छिन ।

स्कटल्याडका एक नामुद चोरलाई हालै ठुलो राशीको चिठ्ठा परेपछि २ सन्तानकी एक महिला चोरसं पोइल गएकी हुन । स्कटल्याण्डका नामुद चोर ब्रियनसंग गिलियन बेफोर्डले बिवाह गरेकी हुुन ।

ती चोरलाई १३ अर्व २२ करोड रुपिया बरावरको चिठ्ठा परेको थियो । ‘द सन’ मा प्रकाशित एउटा रिपोर्ट अनुसार उनीहरु दुवै बिगतका आफ्ना कामको बारेमा कुनै पछुताउ नभएको बताएका छन । दुई सन्तानकी आमा गिलियनले नयाँ पतिको आपराधिक छविबारे आफुलाई सबै जानकारीमा भएको र त्यो कुराले आफुलाई दुःखी नबनाएको बताएकी छिन ।’

प्रतिक्रिया दिनुहोस्