सुदुरपश्चिमको प्रमुख चाड गौरा पर्व



हरकसिह धामी, कञ्चनपुर ।
सुदुरपश्चिमेलीहरुको महान चाड गौरा पर्वको आज प्रमुख दिन सुदुरपश्चिमका ९ वटै जिल्लामा अठेवाली पर्व मनाइएको छ । गौरा देवीलाई मठ मन्दिर तथा घर भित्रवाट वाहिर ल्याई गौरी तथा शिव अर्थात उमा महेश्वरकोे पुजा अर्चना गर्दे धुमधाम संग यो पर्व मनाईदै आएका छन । आज विहानै ब्रतालु महिलाहरुले न्वाईध्वाई गरी गौरा खलामा गई गौरा देविलाई वाहिर ल्याएर उमा महेश्वरको पुजा अर्चना गरेपछि सप्तमीको दिन गौरा देविमा आफुले चढाएका दुव धागो लाई निकालेर गलामा लगाउने गर्दछन ।

अमर–अटलको प्रतिक दुवोको समेत पुजा गरीने भएकाले आजकै दिनलाई दुर्वाष्टमी पनि भन्ने चलन छ । सप्तमिका दिन शुद्ध कासले वनाएर घरमा भित्र्याएको गौरा देविको मुर्ति र काठको महेश्वरको मुर्ति लाई घरवाहिर ल्याएपछि ब्रतालु महिलाहरुले पालैपालो ति गौरा देवी र महेश्वर लाई टाउको मा राखी खेलाउने गर्दछन । यसरी खेलाउदा उनीहरुले गौरा गित गाउने गर्दछन जसलाई (फाग) भन्ने गरन्छि ।
दिनभरीको उमा महेशवरको पुजा अर्चना गरिसकेपछि गौरापर्व थालनी गरीएका दिनमा भिजाएका पञ्चअन्न लाई वाडेर ब्रत वसेका महिलाहरुले आ–आफ्ना घर लैजाने विरुडा केहि भागले घर परिवारका सदस्यलाई पुज्ने र वाकि रहेको विरुडा लाई भुटेर प्रसादको रुपमा खाने गर्दछन ।


गौरा विसर्जन नगरीए सम्म गोरा घर, विभिन्न चौतारा तथा सार्वजनीक स्थलहरुमा पुरुष तथा महिलाहरु छुट्टा छुट्रटै रुपमा गोलवद्ध भई स्थानिय लोक भाकामा देउडा, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्ने गर्दछन । यो पर्वको थालनी भाद्र पञ्चमीका दिन महिलाहरुले गहु, केराऊ,गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्चअन्नलाई भिजाएर हुने भएपनी समापनको भने निश्चित तिथि भएको पाईदैन । सामान्यतया गौरा पर्व एक साता सम्म मनाइने गरीन्छ ।

प्रतिक्रिया दिनुहोस्