किम जोंग नाम हत्याकाण्डमा दुई साक्षीको खोजि



क्वालालम्पुर,(एजेन्सी)
मलेसियाली प्रहरी उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनका सौतेनी दाई किम जोंग नामको हत्याकाण्डमा आरोपित दुईजना विरुद्ध साक्षी बनाउन दुई इन्डोनेसियाली महिलाको खोजि गरिरहेको स्थानिय संचार माध्यमले जनाएको छ । ति संभावित साक्षी महिलाको नाम २४ वर्षिय राइसा रिन्दा सल्मा र ३३ वर्षिया देस्सी मेरिसिन्टा भएको बताइएको छ ।

सन् २०१७ को फेबु्रअरीमा क्वालालम्पुर विमानस्थलमा कमि जोंग नाम को अनुहारमा भिएक्स नर्भ एजेन्ट दलिएपछि मृत्यु भएको थियो । यस सम्बन्धमा पक्राउ परेका इन्डोनेसियाका सिती आइस्याह र दोन थि होउँंग विरुद्ध जयान मुद्धा चलाइँदै गरेको छ ।

तर ति दुवैले आफुहरुको कुन ैदोष नभएके र आफुहरुलाई कुनै टेलिभिजनको रियालीटि सोको प्रान्क कार्यक्रममा भाग लिन लगाएको जस्तो लागेको बयान दिएक छन् ।

प्रहरीले ति संभावित दुई जना साक्षीलाई कहिंकतै देखेका ेखण्डमा तत्काल स्पांग जिल्ला प्रहरी कार्यालयमा सुचित गर्न आव्हान गरेको छ । प्रतिवादी वकिलहरुले किम माथि आक्रमण हुनु केहि दिनअघि ति दुई महिलालाई विमानस्थल , होटेल र सपिंग मलहरुमा यस्तो प्रान्कमा भाग लिन पैसा दिइएको बताएक छन् ।

यसअघि नै सिती आइस्याहका वकिलले मेलेसियाको अलदालत समक्ष उनलाई एकजना उत्तर कोरियालीले किम नाम निर्वासित जीवन बिताउँदै गरेको मकाउमा जान १ हजार २० अमेरिकी डलर दिएको बताएका थिए । यदि अपराध प्रमाणित भएको खण्डमा ति दुवै महिलालाई मलेसियाको प्रचलित कानुन अनुसार मृतयुदण्ड हुन सकने बताइएको छ ।

प्यांगयांगले भने यस हत्याकाण्डमा आफ्नो कुन ैहात नरहेको बताउँदै आएके छ । पुर्व नेता किम जोंग इलले उत्तर कोरियाको आफ्नो उत्तराधिकारीबाट आफुलाई बन्चित गरेयता किम जोंग नाम निर्वासित जीवन बिताउँदै आएक थिए ।

प्रतिक्रिया दिनुहोस्