इराकमा क्षेप्यास्त्रको ओसारेको इरानद्वारा अस्विकार



दुबई (एजेन्सी)
तेहरानले इराकमा क्षेप्यास्त्र आसारिरहेको रोयटर्सको समाचारलाई इरानले अस्विकार गरेको छ । यसले इरानको छिमेकीसँगको सम्बन्धलाई चोट पुर्याएको इरानी समाचार एजेन्सी इर्नाले जनाएको छ ।

यस प्रकारका झुठो तथा हास्यास्पद समाचार इरानको वैदेशिक, विशेष गरि उसको छिमेकी सँगको सम्बन्धलाई प्रभावित पार्नु बाहेक अर्को उद्देश्य देखिँदैन । ‘ विदेश मन्त्री प्रवक्ता बहराम क्वासिमीे बताएको इर्नाले जनाएको छ ।

इराकी तथा पश्चिमी सुत्रहरुले इराकमा सिया समर्थनमा इरानले ब्यालिस्टिक क्षेप्यास्त्र दिएको र त्यसको थप निर्माणका लागि आफनो क्षेमता बढाइरहेको रोयटर्सलाई बताएका थिए ।

यसको एक मात्र उद्देस्य यस क्षेत्रका देशहरुमा त्रास उत्पन्न गराउनु मात्र हो , क्वासिमीले थपे । इराकमा आक्रामक क्षेप्यास्त्रका लागि इरानको कुनै पनि नितिले तेहरान र वासिङटनबीचको सम्बन्धलाई थप विगार्नेछ । अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले विश्व शक्तीहरुसँग भएको सम्झौताबाट फिर्ता भएको निर्णयपछि उनीहरुबीच यसअघि नै तनाव उत्कर्षमा पुगेको छ ।

ट्रम्पको निर्णयले फ्रान्स, जर्मनी र बेलायतलाई पनि निरास पारेका छन् । स्वतन्त्र रुपमा उक्त सम्झौतामा हस्ताक्षर गरेका ती तीन युरोपेली राष्ट्रले अन्तिम समयसम्म सम्झौतालाई बचाउने प्रयास गरेका थिए । अमेरिकाले आफनो निर्णयमा अडिग रहँदै तेहरानमाथि ताजा नाकाबन्दी पनि लगाएको छ ।

इराकको गुप्तचर स्रोत र दुई पश्चिमी गुप्तचर स्रोतले विगत केही महिनामा इरानले इराकमा आफना सहयोगीलाई छोटो दुरीका ब्यालिस्टिक क्षेप्यास्त्र ओसारेको बताएका थिए । ती मध्य पाँच जना अधिकारीले ती समुहलाई तिनिहरु आफै उक्त हतियार बनाउन सहयोग गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्