अमेरिका: दुर्घटनापछि जुम्ल्याह



न्यु मेक्सिको (एजेन्सी)
न्यु मेक्सिकोको एक बस दुर्घटनामा बच्न सफल एक गर्भवतीले दुर्घटना भएको केही घण्टा नवित्दै जुम्ल्याहालाई जन्म दिएकी छिन् । उक्त दुर्घटनामा कम्तिमा ८ जनाको ज्यान गएको अधिकारीहरुले बताए ।

रिहोवोथ माय्किन्ले क्रिश्चियन हेल्थ केयर सर्भिसमा आमाको अवस्था स्थिर रहेको र जुम्ल्याहाको सघन उपचार भइरहेको युनिभर्सिटी अफ न्यु मेक्सिको हस्पिटलका अधिकारीले बताए । आमा र उनका जुम्ल्याहा लगायत १७ जनाको विभिन्न पाँच अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा बालबालिका पनि परेको तर कतिजना छन भने प्रष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्