१८औं एशियाडमा चीन पहिलो



काठमाडौं, (नेस)
दुई साता चलेको एशियाली खेलकुदको महाकुम्भ सम्पन्न भएको छ ।
एसियाली खेलकूदको १८औं संस्करण इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा आइतबार सकिएको हो। गत भदौ २ गतेदेसि सुरु भएको प्रतियोगितामा एशियाका ४५ मुलुकबाट ४९ खेलमा करिव १० हजारको संख्यामा खेलाडीहरुले इण्डोनेसियामा आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए । जसमध्ये ३७ मुलुकले पदक जित्दा आठ मुलुक पदकविहीन बने ।

नेपालबाट पनि २९ खेलका १ सय ८७ खेलाडीलाई इण्डोनेसिया पुगेका थिए । जसमा २० वर्षपछि प्याराग्लाइडिङले १ मात्र रजत जितेपछि नेपाल पनि पदक तालिकामा सुचिकृत बन्यो ।

एशियाली खेलकुदको पावर हाउस चीनले सर्वाधिक २ सय ८९ मेडल जित्दै पदक तालिकाको शीर्ष स्थान ओगट्यो । चीनले पछिल्लो ११ संस्करणदेखि पदकतालिकाको शीर्ष स्थान कब्जा गर्दै आएको छ । जसलाई यसपटक पनि चीनले निरन्तरता दिन सफल भयो । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एशियाली खेलकुदयता चीनले एशियादमा शीर्ष स्थान ओगट्दै आइरहेको छ ।

भर्खरै इण्डोनेसियामा सम्पन्न १८ औं एशियादमा चीनले १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ काश्यसहित कुल २ सय ८९ पदक आफ्नो नाममा लेखायो । यसैगरी पदक तालिकाको दोस्रो स्थानमा जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ काश्य गरी २ सय ५ पदक जित्यो । दक्षिण कोरिया र इण्डोनेसिया क्रमशः तेस्रो र चौथो भए ।

कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० काश्य गरी १ सय ७७ पदक जित्दा आयोजक इण्डोनेसियाले ३१ स्वर्ण, २४ रजत र ४३ काश्य गरी ९८ पदक जित्यो । २१ स्वर्ण, २४ रजत र २५ काश्य जितेको उज्वेकिस्तान पाँचौं हुँदा २० स्वर्ण २० रजत र २२ काश्य जितेर इरान छैटौं भयो । त्यस्तै १७ स्वर्ण, १९ रजत र ३१ काश्य जितेको चाइनिज ताइपेइ सातौं स्थानमा आयो । छिमेकी मुलुक भारत एशियाली खेलकुदमा आठौं भयो ।

भारतले १५ स्वर्ण, २४ रजत र ३० काश्य जित्न सफल भयो । समान १५ स्वर्ण जितेको काजाख्स्तान नवौं हुँदा १२ स्वर्ण जितेको उत्तर कोरिया दशौं स्थानमा सूचीकृत बने ।

एक रजत जित्न सफल नेपाल समग्र पदकतालिकाको ३३औं स्थानमा रह्यो । नेपालसँगै ताजिकिस्तान, लाओस र तुर्कमेनिस्तानले पनि रजतमै चित्त बुझाए । एशियाली खेलकुदमा सहभागिता भएकामध्ये चार मुलुक पाकिस्तान, म्यानमार, अफगानिस्तान र सिरियाले काश्य पदकमात्र जित्न सके ।

१८औं एसियाली खेलकुदको अन्तिम पदक तालिका
राष्ट्र स्वर्ण रजत कांस्य जम्मा
१. चीन १३२ ९२ ६५ २८९
२. जापान ७५ ५६ ७४ २०५
३. दक्षिण कोरिया ४९ ५८ ७० ११७
४. इन्डोनेसिया ३१ २४ ४३ ९८
५. उज्बेकिस्तान २१ २४ २५ ७०
६. इरान २० २० २२ ६२
७. चिनियाँ ताइपेई १७ १९ ३१ ६७
८. भारत १५ २४ ३० ६९
९. काजाकिस्तान १५ १७ ४४ ७६
१०. उत्तर कोरिया १२ १२ १३ ३७
११. बहराइन १२ ७ ७ २६
१२. थाइल्यान्ड ११ १६ ४६ ७३
१३. हङकङ, चीन ८ १८ २० ४६
१४. मलेसिया ७ १३ १६ ३६
१५. कतार ६ ४ ३ १३
१६. मंगोलिया ५ ९ ११ २५
१७. भियतनाम ४ १६ १८ ३८
१८. सिंगापुर ४ ४ १४ २२
१९. फिलिपिन्स ४ २ १५ २१
२०. युएई ३ ६ ५ १४
२१. कुवेत ३ १ २ ६
२२. किर्गिस्तान २ ६ १२ २०
२३. जोर्डन २ १ ९ १२
२४. कम्बोडिया २ ० १ ३
२५. साउदी अरेयिबा १ २ ३ ६
२६. मकाउ, चीन १ २ २ ५
२७. इराक १ २ ० ३
२८. संयुक्त कोरिया १ १ २ ४
२९. लेबनान १ १ २ ४
३०. ताजिकिस्तान ० ४ ३ ७
३१. लाओस ० २ ३ ५
३२. तुर्कमेनिस्तान ० १ २ ३
३३. नेपाल ० १ ० १
३४. पाकिस्तान ० ० ४ ४
३५. अफगानिस्तान ० ० २ २
३६. म्यानमार ० ० २ २
३७. सिरिया ० ० १ १
कूल : ४६५ ४६५ ६२२ १५५२

प्रतिक्रिया दिनुहोस्