चिनिया दम्पती बच्चा जन्माउन अनिच्छुक



बेइजिङ, (एजेन्सी)
वृद्धहरूको बढ्दो आवादी समस्या सन्तुलनका लागि २ भन्दा धेरै बच्चा जन्माउन छुट दिने चीनको कदममा बाधा आइरहेको छ।

यसका कारण राजनीतिक नभएर कैयौं चिनिया“ मातापिता अब बच्चा जन्माउन रुची नराख्नु हो। सरकारले परिवारमा बच्चाको संख्यामा सीमा तय गर्ने नीति अवलम्बनका लागि कडा जरिवाना र कैयौंपटक गर्भपतन तथा परिवार नियोजन गर्न बाध्य पार्ने आफ्नो नीति फिर्ता लिने संकेत दिएको छ। विश्वमा सबैभन्दा धरै आवादी भएको देश चीनले सन् १९७९ मा एक सन्तान नीति लागू गरेको थियो। सन् २०१६ मा दुई सन्तान पाउन सक्ने छुट दियो किनभने देशको आवादीमा २३ करोड नागरिक वृद्ध थिए। तर अहिले चिनिया“ दम्पती आफ्नो व्यक्तित्व विकास र अन्य लक्ष्य प्राप्तिमा केन्द्रित हुने गरेकाले सन्तान जन्माउन ढिलो गरिरहेको विशेषज्ञहरूले बताएका छन्।

चीनमा बच्चा हुर्काउनमा लाग्ने खर्चले पनि मातापितालाई अर्को बच्चा जन्माउनमा रोकिरहेको छ। उत्तर पूर्वी सहर दालियनमा एक महिलाले भनिन्– ‘धरैले दोस्रो सन्तान चाहेका छन्, तर सबैभन्दा ठूलो समस्या वित्तीय बोझ हो।’ उनी दुई होइन तीन सन्तान चाहन्छिन् तर खर्चका कारण हिच्किचाइरहेकी छन्। चीनको जनसंख्या तथा विकास शोध केन्द्रका लियु होंग्यानले भने– ‘परिवार नियोजन नीति रद्द गर्नुको अर्थ दम्पती र परिवारस“ग इच्छाअनुसार बच्चा जन्माउन पाउने अधिकार हुनेछ।’
चीनको सरकारी समाचार एजेन्सी सिन्≈वाले जनसांख्यिकीय स्थितिमा परिवर्तनका कारण मस्यौदा कानुनबाट परिवारको आकारलाई नियमबाहिर राखेको जनाएको छ। अर्थशास्त्रीहरूले देश समृद्ध बन्नुअगाडि बुढा हुने आशंका गरेका छन्। विश्व बैंकले ६० भन्दा धेरै उमेरको जनसंख्याको अनुपात सन् २०१५ मा १५ प्रतिशतबाट बढेर ३६ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्