मायामा बाँधिए आर्यन र सृष्टि



आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म बाँध मायालेको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक प्रोमोमा आर्यन र सृष्टिबीचको गहिरो प्रेमसँगै द्वन्द प्रस्तुत गरिएको छ।
उनीहरू फिल्ममा अर्जुन र श्रद्धाको भूमिकामा छन्। असोज ५ गते अल नेपाल रिलिजमा आउने फिल्मको प्रोमोमा आर्यन र सृष्टिसँगै नवनायक किशोर खड्का, कलाकार राजाराम पौडल, रवीन्द्रप्रताप सेन र विशाल चाम्लिङ पनि छन्।

निर्देशक सवीर श्रेष्ठ प्रोमोले दर्शकको ध्यान तान्ने बताउँछन्। बाँध मायालेको टिजर र गीतपश्चात् प्रोमो सार्वजनिक गरिएको हो। फिल्मको थप २ गीत बाँकी रहेको निर्देशक श्रेष्ठले बताए। काइट्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म बाँध मायालेमा रामहरि धिताल र विभीषिका श्रेष्ठ निर्माता रहेका छन् भने सहनिर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ भने कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्