‘पप्पु कान्ट डु’



‘पप्पु कान्ट डान्स साला’ भन्ने हिन्दी गीत निकै चल्तीको हो । हिजो–आज पनि पार्टीहरु यो गीतले नाच्ने मुड बनाउछ, नाच्न अल्छी मान्नेहरु पनि आफ्नै ढंगमा जवरजस्त जिऊ मर्काइरहेका देखिन्छन् । कुनै बेलाको चल्तीको गीत भएकाले स्वत त्यस्तो माहोल बनाउने नै भयो ।

गीत संगितमा मात्रै होइन ठेक्का पट्टाको मामलामा पनि पप्पु नामक कम्पनी हिट बन्या छ । मुलुकका अधिकांश भेगका सडक र पुल पुलेसाको ठेक्कामा पप्पु कन्सट्रकसन्स्को हाली मुहाली छ । यसको मुख्य सञ्चालक संघिय संसदका सांसद समेत रहेका हरिनारायण रौनियार हुन् । रकम भुक्तानीमा कुनै अवरोध नभएपनि उनको कम्पनीले जिम्मेवारी पाएका परियोजना लथालिङ बन्या छन् ।

विगतमा काँग्रेसका नेताहरुसँग नजिकको साइनो सम्बन्ध जोडेका रौनियार हाल संघिय समाजवादी फोरमका तर्फबाट पर्सा–३का निर्वाचित सांसद हुन् । फोरम अहिले सरकारमा छ । ठेका पट्टाको रकम धमाधम लिने तर सडक र पुल अलपत्र बनाउने उनको मौलिक पहिचान हो । उनको कम्पनी माथि कार्वाही गर्न प्रकृया अघि बढ्यो भने तत्कालै प्रतिवाद गर्दै कार्यकर्ताको डफ्फा सहित उनी सरकारी कार्यालय धाउँछन् ।

रौनियारको यस्तो शैली देख्दा धरहरालाई लाग्छ–‘त्यो हिन्दी गीत त पप्पु कम्पनीको ग्रहदशा नियाल्दै तयार गरिएको रहेछ । अनि त्यही गीतको लय सम्झँदै भन्नै पर्ने हुन्छ–‘पप्पु कान्ट कान्ट डु द टास्क ।’

प्रतिक्रिया दिनुहोस्