कञ्चनपुरमा बलात्कारी पक्राउ



कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् ।

 

पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए  ।

 

गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाई लगेका थिए ।

 

शुक्रबार किशोरीलाई जवदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो । बलात्कारमा संलग्न अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

 

किशोरीको स्वास्थ्य परीक्षणलगायतका कार्य सम्पन्न गरी अनुसन्धानको कार्य जारी रहेको बताइएको छ ।

वृद्ध मृत फेला 

 

कञ्चनपुरको बेलौरी नगरपालिका¬–७ गणेशपुरका ६० वर्षीय पसी रानाको नहरमा डुबेको अवस्थामा आज शव फेला परेको छ ।

 

सिमपुरदेखि टेडिया जाने भगतपुरस्थित नहरमा रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

स्थानीय बासिन्दाले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्