नर्वे पद त्याग



ओस्लो,९एजेन्सी०
नर्वेका यातायात मन्त्रीले आफ्नी पत्नीको करियरका अघि बढाउन सहयोग गर्ने उद्देशयले आफ्नो पदबाट राजिनामा दिने निर्णय गरेका छन् । मन्त्री केटिल सोल्विक ओल्सकेटिल सोल्विक ओल्सनले एक सरकारी टेलिभिजन च्यानललाई बताएका छन् , ‘ मन्त्रीको हैसियतले काम गर्दाको अनुभव निकै रमाइलो रहेको छ । यदि वास्तवमा चाहेको भए जिन्दगीभर मन्त्रीको रुपमा काम गर्न सक्थें । तर अब आफ्नो करियरको सपना पुरा गर्ने पालो मेरी पत्नीको हो । ’ उनकी पत्नी टोन सोल्विक ओल्सनले अमेरिकाको एक बाल अस्पतालमा काम गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्