जापानले प्रतिरक्षा बजेटमा भारी मात्रामा वृद्धि गर्ने



टोक्यो,९एजेन्सी०
जापानको रक्षा मन्त्रालयले शुक्रवार उत्तर कोरिया र चीनलाई चुनौती दिने उद्देश्यले आफ्नो क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ बनाउन ठूलो बजेट प्रस्ताव गरेको छ ।

आगामी अप्रिलदेखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि जापानी रक्षा मन्त्रालयले ४७ अर्ब अमेरिकी डलरको बजेट माग गरेको छ । विगत सात वर्षदेखि लगातार वृद्धि भइरहेको रक्षा बजेटमा गतवर्षको तुलनामा यस पटक २ दशमलव १ प्रतिशत थप वृद्धि गरिन लागेको हो ।
उत्तर कोरियाली आणविक र क्षेप्यास्त्रका खतराबाट मुलुकलाई सुरक्षित राख्न उद्देशयले जापानले अमेरिकामा निर्मित दुई वटा एजिस एशोर क्षेप्यास्त्र प्रणाली, छ वटा अमेरिकी एफ–३५ लडाकू बिमान तथा दुईवटा इ–२ डी हकआई राडार लडाकू बिमान खरिद सुचिमा रोखेको छ ।

जापानको प्रतिरक्षा विशलेषणमा चीनको बढ्दो सैनिक क्षमतलाई पनि प्राथमिकता दिइएको छ । जापानको रक्षा मन्त्रालयको विश्लेषण अनुसार चीनले एसियामा मात्र नभई यस जापान लगायतका अन्तर्राष्ट्रिय समुदाय सामुे सुरक्षा चासो र चिन्ता सिर्जना गरेको छ ।
पूर्वी चिनियाँ सागरका साना द्वीपहरु माथिको स्वामित्वका विषयमा लिएर देखिएको चीनकोे अति महत्वाकाँक्षी र आक्रामक व्यवहारको कारण जापान लगायत समेत सो क्षेत्रका अन्य मुलुकहरुले सावधानीपूर्वक सुरक्षा नीतिका कदम चालिरहेका छन् । चीनले गत ८ मार्च मा सार्वजनिक गरेको प्रतिरक्षा बजेटमा ८ दशमलव १ प्रतिशतले वृद्धि गरी सन् २०१८ का लागि १ सय ७५ अर्ब अमेरिकी डलर पु¥याएको हो ।

गत जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता कीम जोंग उनबीच भएको ऐतिहासिक वार्तापछि पनि कोरियाली प्रायःद्वीपमा आणविक निशस्त्रीकरण मामिलामा सन्तोषजनक प्रगति हुन सकेको छैन । हुनत सो शिखर वार्ता लगत्तै ट्रम्पले अब अन्तर्राष्ट्रिय जगतलाई उत्तर कोरियाली आणविक खतरा नभएको प्रतिक्रिया दिएका थिए । प्योंगयांगले पनि त्यतिवेला नै आफुले आणविक परिक्षण स्थल नष्ट गरेको घोषणा गरेको थियो ।

तर पछिल्ला केहि दिन यता अमेरिका र उत्तर कोरिया बिचको सम्बन्ध एकचोटि पुनः चिसिएको देखिन्छ । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरियाको पूर्वनिर्धारित भ्रमण एकाएक स्थगित गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्