चलचित्र निर्मातलाई जासुसीको आरोप



नोमपेन्ह,९एजेन्सी०
क्याम्वोडियाको एउटा अदालतले अज्ञात राष्ट्रका लागि जासुसी गरेको अभियोगमा शुक्रवार एकजना अष्ट्रेलियाली चलचित्र निर्मातालाई छ वर्ष लामो कारावास संजाय तोकेको छ ।

६९ वर्षिय जेम्स रिकेटसनलाई सन् २०१७ को जुनमा विपक्षी राजनीतिक समुहले आयोजना गरेको एउटा विरोध ¥यालीमा ड्रोन क्यामेरा उडाउादै गर्दा प्रहरीले गिरफतार गरेको थियो ।

तर रिकेटसनले भने आफु विरुद्ध लगाइएका आरोपहरु अस्विकार गरेका छन् । उनका वकिलले यस निर्णय विरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने बताएका छन् । नोम पेन्हको अधिनायकवादी सरकारले सरकार विरोधिहरु माथि व्यापक दमन गर्ने क्रमा उनी पनि पक्रिएका हुन् ।

विगत बिस वर्षभित्र पटक पटक क्याम्वोडियाको भ्रमण गरेका उनी प्रधानमन्त्री हुनसेनको कट्टर आलोचकको रुपमा चिनिन्छन् । स्थानिय सरकार समर्थित संचार माध्यमले उनलाई आन्दोलन उस्काउन जासुसी गर्ने चलचित्र निर्माताको संज्ञा दिएको छ ।
संजाय सुनाउने क्रममा नोम पेन्ह महानगर पालिका अदालतका न्यायधिश सेंग लियाँगले सन् २०१० को डिसेम्वर देखि २०१७ को जुनबिच उनले राष्ट्रलाई घात हुनेखालका सुचना संकलन गरेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्