ट्रम्पको डब्ल्युटिओ छा्ड्ने धम्की



वासिंगटन,९एजेन्सी०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन ९ डब्ल्युटिओ ० ले आफ्नो मुलुकलाई अन्यायपुर्ण व्यवहार गरिरहेको दावी गर्दै शुक्रवार अमेरिकालाई यसबाट अलग्याउने चेतावनी दिएका छन् ।

ब्ल्ुमवर्ग न्युजलाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पले यदि डब्ल्युटिओले आफुलाई नसुधार्ने हो भने आफु त्यसबाट अलगिने बताएका छन् । राष्ट्रहरुबिच आपसी विवाद हटाउँदै विश्वव्यापि व्यापारका लागि नियमहरु बनाउनका लागि डब्ल्युटिओको स्थापना गरिएको थियो ।
ट्रम्पले हालै केहि न्यायसंगत निर्णय गरेको भएता पनि यस निकायले प्रायशः अमेरिका विरुद्ध नियमहरु बनाउने गरेको गुनासो गरेका छन् । यसै वर्षको शुरुमा पनि ट्रम्पले फक्स न्युजलाई बताएक थिए , ‘ अमेरिका बाहेक अरु सबैलाई फाइदा पु¥याउनका लागि डब्ल्युटिओको स्थापना गरिएको हो ।

हामीले डब्ल्युटिओमा झण्टै सम्पुर्ण मुद्धा मामिला हार्ने गरेका छौं । ट्रम्पको रक्षावादी व्यापार नीतिसंगको डब्ल्युटिओ निर्देशित खुल्ला व्यापार प्रणालीको विवाद रतनावको कारण पनि ट्रम्पले यो चेतावनी दिएको हुनुपर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्