जनता बैंक र एनबीआईबीच सम्झौता



काठमाडौं, (नेस)
नेसनल बैंकिङ इन्ष्टिच्युट र जनता बैंक नेपालबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौताअनुसार एनबीआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ ।
सम्झौताअनुसार जनता बैंकले आफ्नो कर्मचारीका लागि नेसनल बैंकिङ इन्ष्टिच्युटबाट न्यूनतम ५० लाख रुपिया“बराबर रकमको वार्षिक तालिम सञ्चालन गराउने छ ।

उक्त सम्झौतापत्रमा जनता बैंक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुव“र क्षेत्री र नेसनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्