छि काठमाडौ



धेरै काम गर्ने भनेर गुड्डी हाक्दै गएको निर्वाचनमा बहुमत प्राप्त गरेको सरकारको पारा हेर्दा यो मुलुक उभो होईन उधो तिर जाला भन्ने चिन्ता धरहरालाइृ लाग्न थालेको छ । कुनी के मुलक बनाउने ध्वांस दिने प्रधानमन्त्रीको पारा देखेर धरहरा पनि तीन छक पर्न थाल्या छ भन्या । स्वर्गकी परी जस्ती काठमाडौलाई पुतना बनाउने खेलमा सरकार लागेको देखेर पनि अचम्ममा पर्नुपर्ने अवस्था र्सिजना भएको छ ।

खैरेहरुले ब्युटिफुल काठमाडौ भन्ने बिगतको भनाई अव एकादेशको कथामा परिणत हुन थाल्या छ । बिहारीले समेत काठमाडौलाई छि काठमाडौ भन्दापनि सरकार कानमा तेल हालेर बसेको छ । दुई महिना देखि काठमाडौका सडक गल्लीका फोहर उठ्न सकेको छैन । ओखरपौवा भरियो बाटो बिग्रियो भनेर काठमाडौ महानगरपालिकाले भन्न थालेको पनि महिनौ बितिसक्यो सरकार अर्को बिकल्प पनि दिन नसक्ने अनी बाटो घाटो बनाउन सहयोगपनि नगर्ने राणनीतिमा तल्लिन छ । यो पाराले मुलुकमा सबृद्धी आउला त प्रधानमन्त्री ज्यु ? जोकरले जस्तो भाषण दिने तर सिन्को नभाच्ने तपाईको शैली देखेर धरहरापनि तपाई कै शैली अप्नाउने कोशिसमा छ । आगे प्रधानमन्त्री ज्यूको मर्जी ।

प्रतिक्रिया दिनुहोस्