वासिङटन ९एजेन्सी०
चीनले अमेरिकामा सामाजिक सन्जाल साइट मार्फत सरकारी तथा ब्यावसायिक गोप्य जानकारी भएका अमेरिकी नागरिकहरुलाई समुहको सदस्य बनाइरहेको छ, अमेरिकी गुप्तचर निकायले आरोप लगाएको छ ।
चीनको जासुसी एजेन्सीले सामाजिक सन्जाल साइट लिन्कडेनमा नक्कली प्रोफाइल बनाएर उक्त कार्य गरिरहेको बताइएको छ । चीनको उक्त गतिविधिका बारेमा गुप्तचर अधिकारीहरूले लिन्कडेनलाई सचेत गराइसकेको अमेरिकी प्रतिजासुसी प्रमुख विलियम इवानिनाले समाचार एजेन्सी रोयटर्सले बताइन् ।
चीनले एक पटकमा हजारौं लिन्कडेन सदस्यसँग सम्पर्क गरिरहेको इवानिनाले बताइन् । यद्यपी अहिलेसम्म अमेरिकी गुप्तचर निकायले कतिवटा नक्कली प्रोफाइल पक्रेको छ र चीन त्यसमा अहिलेसम्म कतिजनालाई संलग्न गराउन सफल भएको छ भन्ने विषयमा उनले बताएकी छैनन् ।
हालै मात्र ट्विटरले लाखौं नक्कली अकाउन्ट हटाएको र लिन्कडेनले पनि यसतै कदम उठाओस भन्ने उनले चाहेको इवानिनाले बताए ।
जर्मनी र बेलायतले पनि आफ्ना नागरिकलाई चीन लिन्कडेनको प्रयोगबाट जासुसहरु भर्ना गरिरहेकोमा सचेत गराएका छन् । तर यस विषयमा सार्वजनिक रुपमा अमेरिकी अधिकारीले बोलेको पहिलो पटक हो । अमेरिकी अधिकारीहरुका अनुसार यसमा सुपरकम्प्युटिंग, न्युक्लियर इनर्जी। नेनोटेक्नोलोजी, सेमी कन्डक्टर्स, स्वास्थ्य उपचार, बीउ तथा हरित उर्जा जस्ता क्षेत्रलाई निसाना बनाइएका छन् । प्राज्ञिक जगतसँग आबद्ध ब्यक्ती तथा वैज्ञानिकहरुलाई ब्यवसायिक दस्तावेजका लागि पैसाको प्रस्ताव गरिएको हुन्छ ।
लिन्कडेनका ट्रस्ट एन्ड सेफ्टी प्रमुख पल रकवेलले पनि यस घटनाको पुष्टि गरेको छ । चीन द्वारा अमेरिकामा जासुसहरुको भर्नाका विषयमा अमेरिकी गुप्तचर संस्थानहरुसँग छलफ गरिरहेको उनले बताए । यस प्रकारको गतिविधिलाई रोक्न हरसम्भव प्रयास गरिरहेको रकवेलले जानकारी दिए । यद्यपी रकवेललेपनि चिनियाँ गुप्तचर निकाससँग जोडिएका नक्कली अकाउन्टहरुको जानकार दिन अस्विकार गरे ।
चीनको विदेशमन्त्रालयले अमेरिकाको उक्त आरोपको खन्डन गर्दै अमेरिकाले भनेका सबै निराधार र कपोकल्पित भएको बताए ।